मनोरंजन

बर्थडे बोय सलमान खान आज मामा बन्दै

बर्थडे बोय सलमान खान आज मामा बन्दै

आज चर्चित बलिउड सुपर स्टार सलमान खानको जन्म दिन परेको छ । आज बलिउड सुपर स्टार सलमान खान ५४ बर्ष भएका छन् । सलमान खानको जन्म सन् २७ डिसेम्बर १९६५ मा भएको थियो । सलमान खानले १९८८ मा बिबी हो तो ऐसी मा अभिनय गरेर फिल्म क्षेत्रमा प्रवेश गरेका थिए जहाँ उनले एक सहयोगीको भूमिका खेलेका थिए । सलमान खानलाई सबै भन्दा धेरै १०० करोड कमाउने चलचित्रका नायक पनि भन्ने गरिन् छ ।

आजकै दिन सलमान खान बहिनि अर्पिताले बच्चा पाउन लागेकी छन् । तेही कारणले सलमानले यस पटक आफ्नो जन्मदिन पनवेलमा आफ्नो फार्म हाउसको सट्टा अर्पिताको डिलिभरी अस्पताल नजिकै भाई सोहेल खानको घरमा मनाउन लागेका छन् ।

सलमानको जन्मदिन पाहुनाहरूको सूचीमा शाहरुख खान, कट्रिना कैफ, डेभिड र वरुण धवन, कबीर खान र उनकी श्रीमती मिन्नी माथुर, र जैकलिन फर्नांडीज सामेल छन्। दबङ ३ को सफलताको मजा लिइरहेका प्रभुदेवा, सोनाक्षी सिन्हा र साई मांजरेकर पनि पार्टीमा उपस्थित हुनेछन्।

बर्थडे बोय सलमान खान अभिनित १५ वटा चलचित्रले लगातार सय करोड क्लबमा समाबेस भएको छ ।शुक्रबारदेखि रिलिज भएको चलचित्र दबंग ३ पनि १०० करोडको क्लबमा समाबेस भएको छ । सलमान खानको १०० करोडका फ्लिमहरु यस प्रकार छन् । एक था टाइगर’ १८६ करोड, ‘दबंग २’ १४९ करोड, ‘जय हो’ १०९ करोड, ‘किक’ २११ करोड, ‘बजरंगी भाइजान’ ३१५ करोड, ‘प्रेम रतन धन पायो’ १९४ करोड, ‘सुल्तान’ ३ सय करोड, ‘ट्यूबलाइट’ ११४ करोड, ‘टाइगर जिन्दा हे’ ३३९ करोड, ‘रेस ३’ १६६ करोड, ‘भारत’ १९७ करोड कमाउन सफल भएका थिए ।