राजनितीसमाचार

सञ्चारमन्त्री बास्कोटाद्वारा पदबाट राजीनामा

सञ्चारमन्त्री बास्कोटाद्वारा पदबाट राजीनामा

८ फागुन २०७६ काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएको बताएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा स्वीस कम्पनीका एजेन्टसँग ७० करोड घुस मागेको अडियो सार्वजनिक भएपछि बास्कोटाले राजीनामा दिएका हुन् ।

बास्कोटाले सामाजिक संजालमा पोस्ट गर्दै नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन् । ‘मेरो बिषयमा प्रश्न उठेकाले सम्मानीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँछु’ उनले ट्वीट गरेका छन् ।

यस्तो छ अडियो प्रकरण

नेपालले आफ्नै सेक्युरिटी प्रिन्टिङ प्रेस राख्ने योजना बनाएर सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियालाइ अगाडि बढाएसँगै बास्कोटा विवादमा तानिए । तर मन्त्रिपरिषद्ले जीटुजीमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्ने निर्णय गर्दै फ्रान्स वा जर्मन मध्ये ऐन नियमअनुसार उपयुक्त प्रस्ताव रोज्न बास्कोटालाई नै दियो । त्यसपछि स्वीस कम्पनी यो रेसबाट बाहिरियो ।

बिहीबार सेक्युरिटी प्रिन्टिङ प्रेसका बिषयमा छलफल गर्न समितिको बैठक बोलाइएको थियो । त्यसको अघिल्लो दिन बास्कोटा र स्वीस कम्पनीका एजेन्ट विजय मिश्रबीच कमिसनको बिषयमा कुराकानी भएको अडियो लिक भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *