म्यानचेष्टर सिटीका समर्थकले लगाए युइएफएविरुद्ध नारा
म्यानचेष्टर सिटीका समर्थकले लगाए युइएफएविरुद्ध नारा
८ फागुन २०७६ एजेन्सी: ईङ्ग्लिश प्रिमियर लिग फुटबल अन्तर्गत हिजो राति भएको खेलमा म्यानचेष्टर सिटीले वेष्टह्याम्लाई २-० ले पराजित गरेको छ । म्यानचेष्टर सिटीले आफ्नै घरेलु मैदान इथियाड स्टेडियममा भएको खेलमा सिटीले वेष्टह्यामलाई २–० ले पराजित गरेको छ। ईङ्ग्लिश क्लब म्यानचेष्टर सिटीको जितमा रोड्री र केभिन डि ब्रुयनाले गोल गरेका थिए ।
खेलको ३० औं मिनेटमा रोड्रीले म्यानचेष्टर सिटीलाइ सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा म्यानचेष्टर सिटीले अग्रता १-० काय्म राक्छ । दोस्रो हफ्फ्को ६२ औं मिनेटमा केभिन डि ब्रुयनाले गोल गर्छन र म्यानचेष्टर सिटीको अग्रता दोब्बर गर्छन । त्यसपछि दुवै टोलिबाट गोल हुँदै र म्यानचेष्टर सिटीले २-० ले जितदर्ता गर्छ ।
म्यानचेष्टर सिटी र वेष्टह्यामको खेल चली रहदा म्यानचेष्टर सिटीका समर्थकले युइएफएविरुद्ध नारा लाईरहेका थिए ।
युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले म्यान सिटीले क्लब लाइसेनिङ र आर्थिक पारदर्शिता सम्बन्धी नियमको गम्भीर उल्लंघन गरेको भन्दै २ बर्षको प्रतिबन्ध लगाएको छ ।
प्रतिबन्धपछि सिटीले च्याम्पियन्स लिग, युरोपा लिगमा सहभागिता जनाउन पाउनेछैन भने इंग्ल्याण्डको घरेलु प्रतियोगिता खेल्नका लागि उसलाई कुनै रोकतोक हुनेछैन । प्रतिबन्धपछि म्यानचेस्टर सिटी प्रतिबन्धविरुद्ध खेल अदालत जाने बताएको छ ।
जितसँगै म्यानचेष्टर सिटी ईङ्ग्लिश प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा रहेको छ । म्यानचेष्टर सिटीको २६ खेलबाट ५४ अंक रहेको छ । म्यानचेष्टर सिटी ईङ्ग्लिश प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा भने लेस्टरसिटी रहेको छ भने अपराजित यात्रा क्याम गरेको लिभरपुल पहिलो स्थानम रहेको छ ।
लेस्टरसिटीको २६ खेलबाट ५० अंक रहेको छ भने अपराजित यात्रा क्याम गरेको लिभरपुलको ७६ अंक रहेको छ । हिजो खेलमा पराजित भएको वेष्टह्याम लिग तालिकाको १८ स्थानमा रहेको छ ।