बी डिभिजन लिग: खेलतालिका सार्वजनिक,विजेता टोलिले १५ लाख पाउने
बी डिभिजन लिग: खेलतालिका सार्वजनिक,विजेता टोलिले १५ लाख पाउने
८ फागुन २०७६ काठमाडौँ : सहिद स्मारक बि डिभिजन लिगको खेलतालिका सार्वजनिक भएको छ । यही फागुन ११ गते आइतबारबाट शुरु हुने प्रतियोगिताको एन्फाले बुधवार खेल तालिका सार्वजनिक गरेको हो ।प्रतियोगिताको उद्घाटन खेलमा ब्वाईज युनियन र श्री कुमारी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने लिग चैत २३ गते सकिनेछ ।
सहिद स्मारक बि डिभिजन लिगमा १२ जना टीमले सहभगिता जनाएका छन् । १२ जना टीमले सहभगिता जनाएको लिगमा ६६ वटा खेलहरु हुनेछ ।
सहभगिता मध्ये विजेताले टोलीले १५ लाख, उपविजेताले ८ लाख, तेस्रो हुनेले पाँच लाख र चौथो हुनेले तीन लाख रुपैयाँ पुरस्कार पाउने छ । बी डिभिजन लिग खेल्ने टिमलाई एन्फाले तयारी स्वरुप प्रति क्लब १० लाख रुपैयाँ प्रदान गरेको छ।
बी डिभिजन लिगको शिर्ष स्थानमा रहने एक टोलि ए डिभिजन बढुवा हुन्छ भने अंक तालिकाको पुछारमा रहने एक टोलि सि डिभिजनमा घटुवा हुन्छ ।
ब्वाइज युनियन क्लब,श्री भगवती क्लब, टुसाल क्लब,खुमलटार युथ क्लब,नयाँबस्ती युवा क्लब,झम्सिखेल युथ क्लब,रानीपोखरी कर्नर टिम, सातदोबाटो युथ क्लब, मध्यपुर युथ एसोसिएसन, पुल्चोक स्पोर्टस क्लब,बाँसबारी क्लब र श्रीकुमारी क्लबको सहभगिता रहेका छन् ।
बी डिभिजन लिगका सबै खेलहरू एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा हुनेछ ।

