कञ्चनपुरको पुनर्वास ३ मा नेकपाका कृष्णबहादुर विजयी
कञ्चनपुरको पुनर्वास ३ मा नेकपाका कृष्णबहादुर विजयी
१४ मंसिर २०७६ कञ्चनपुर : आज सम्पन भएको उपनिर्वाचन अन्तर्गतको मतगणनाको नतिजा अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा कृष्णबहादुर तामाङ विजयी भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार तामाङले ५२८ मत पाएर बिजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपबहादुर तामाङले ३१० मत पाउँदा समाजवादी पार्टीका भीम तामाङले ७४ मत पाएका थिए ।
कुल ११९९ मतदाता रहेको यो वडामा शनिबार भएको उपनिर्वाचनमा ९२४ मत खसेको हो ।
गत ०७४ को चुनावमा ४५४ प्राप्त गरि बिजयी भएका नेकपाका वडाध्यक्ष फैरु तामाङको निधन भएपछि यहाँ उपचुनाव भएको हो ।
अघिल्लो चुनाबमा ७८ मत मात्रै पाएको नेपाली कांग्रेसले यसपालि ३१० मत पाएको छ भने बाबुराम उपेन्द्र नेतृत्वको समाजवादी पार्टीले पनि यसपालि ७४ मत बटुलेको छ ।