नेकपामा अध्यक्षद्वय बिच मनमुटाव बढ्यो, आजको बैठकका लागि आ–आफ्नै तयारी
नेकपामा अध्यक्षद्वय बिच मनमुटाव बढ्यो, आजको बैठकका लागि आ–आफ्नै तयारी
१२ असार २०७७ काठमाडौं : पछिल्लो समय बाहिरी रुपमै छताछुल्ल बनेको नेकपाको आन्तरिक कलह उत्कर्षमा पुगेको छ। यस अघि बसेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा देखिएको कलहका कारण रोकिएको बैठक आज पनि बस्दैछ । बुधवार सुरु भएको बैठकमा अध्यक्षद्धयले आ आफ्नो धारण राख्नुभएको थियो ।
आजको बैठकका लागि विभिन्न ७ वटा एजेण्डा तय भएको नेकपा प्रवक्ताा नारायणकाजी श्रेष्ठले बताउनुभयो ।
आजको बैठकमा सरकारको कामको समीक्षा, पार्टी एकता प्रक्रिया, अमेरिकी सहायता परियोजना (एमसिसी) र अन्य विविध विषयमा छलफल हुने बताईएको छ ।
नेकपाभित्र पछिल्लो समय अमेरिकी सहयोग परियोजना एमसीसीको विषयले विवदा चुलिएको छ ।