क्रिकेटखेलकुद

डब्लुसीएल लिग २: कीर्तिमानी लक्ष दिंदा पनि ओमानसंग हार्यो नेपाल

डब्लुसीएल लिग २: कीर्तिमानी लक्ष दिंदा पनि ओमानसंग हार्यो नेपाल

२६ माघ २०७६ काठमाडौँ : डब्लुसीएल लिग २ अन्तर्गत आज टियु मैदानमा भएको चौथो खेलमा ओमानसंग नेपाल पराजित भएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभर खेलेर आफ्ना ८ विकेट गुमाएर २४९ रन जोड्दै ओमानलाइ २५० रनको बिशाल लक्ष प्रस्तुत गरेको थियो।

सोहि लक्ष पछ्याउने क्रममा ओमानले मात्र २ विकेट गुमाएर ४७.२ ओभरमा लक्ष भेट्टाउँदै खेल आफ्नो पक्षमा पारेको थियो।

नेपालका ओपेनिङ ब्याटमेन का रुपमा आएका सुबाश खकुरेलले ४२ बलमा २२ रन जोडेर आउट हुन पुगेका थिए भने त्यस लगत्तै आएका पारस खड्काले राम्रो परि खेल्दै नेपाललाई १०० रन जोड्न मध्हत पुर्याएका छन्। खड्काले २८ बलमा ३३ रन जोड्दै नेपाललाई १०२ रन बनाउन सफल रहे। ओपेनिङ ब्याटमेनका रुपमा आएका कप्तान ज्ञानेन्द्र मल्ल ७६ बलमा ५६ रन जोड्न सफल भएका छन्। दिपेन्द्र सिंह ऐरी ले ३ बल खेले भने कुनैपनि रन जोड्न सफल भएनन्। त्यस्तै आरिफ सेख ४५ बल खेल्दै २८ रन जोडेर आउट हुन पुगे भने कुशल मल्ल २४ बलमा २८ रन जोडे संगै क्याच आउट हुन पुगे । त्यस लगत्तै आएका बिनोद भण्डारीले ४७ बल खेलेर ३५ रन जोडे भने कारण केसीले १६ बल खेलेर १० रन जोड्दै आउट हुन पुगे। त्यस लगत्तै आएका सन्दिप लामिछानेले ७ बल खेलेर १० रन जोडेर नट आउट रहे भने कमल सिंह सिरी ६ बल खेलेर ९ रन जोड्दै नट आउट रहे।

त्यसैगरी ओमानकालागि जितेंदर सिंहले ४१ बल खर्चेर २३ रन जोड्दै आउट भएका थिए भने खवर अलिले ५६ बल खेलेर ४१ रन बनाउदै आउट हुन पुगेका थिए। त्यसपछि ओमान को कुनैपनि विकेट झरना नेपालले सकेन र अकिब इलियासले ओडिआइको पहिलो सेन्चुरी प्रहार गर्दै ओमानलाइ जित दिलाएका थिए। उनालाई साथ् दिएका थिए जिसान मक्सुद जसले ७९ बलमा ६८ रन बनाएका थिए।