क्रिकेटखेलकुद

आईसीसी विश्व क्रिकेट लिग-२ आजबाट, नेपाल र ओमन भिड्दै

आईसीसी विश्व क्रिकेट लिग-२ आजबाट, नेपाल र ओमन भिड्दै

२२ माघ २०७६ काठमाडौँ: आईसीसी विश्व क्रिकेट लिग-२ आजबाट सुरु हुँदै छ । घरेलु टोलि नेपालले आज पहिलो खेल ओमन सँग खेल्दै छ । विश्व क्रिकेट लिग २ अन्तर्गतको खेल आज माघ २२ देखि २९ गते सम्म चल्ने छ।नेपाल र ओमनको खेल कीर्तिपुरस्थित टीयू अन्तराष्ट्रिय मैदानमा बिहान ९:३० बजे देखि सुरु हुँदै छ ।

नेपालले वान डे मान्यता पाएको झण्डै दुई वर्षपछि घरेलु मैदानमा खेल्दै छ। त्रीकोणात्मक सिरिज अन्तर्गत नेपाल,ओमन र अमेरिकाले आफ्नो टोलीको घोषणा गरिसकेको छ । कीर्तिपुरस्थित टीयू अन्तराष्ट्रिय मैदानमा राउण्ड रबिन लिगको आधारमा एक दिवसिय श्रृंखला चल्नेछ ।

त्रीकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय टिम
नेपाल: ज्ञानेन्द्र मल्ल (कप्तान), आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, अभिनास बोहरा, विनोद भण्डारी, करण केसी, ललित नारायण राजवंशी, पारस खड्का, कुशल मल्ल कमलसिंह ऐरी, रोहित कुमार पौडेल, सुशन भारी, शरद भेषावकर र सन्दीप लामिछाने

ओमान: जिसन मक्सुद (कप्तान), अकिब ईल्यास (उपकप्तान), जतिन्दर सिंह, खावर अली, सनुथ ईब्राहिम, सुरज कुमार, मुहम्मद नसिम, सन्दिप गउड, मुहम्मद नदिम, जय ओडेरा, बादल सिंह, अहेमद फयद बट, कलिमुल्लाह र बिलाल खान रहेका छन्

अमेरिकी टिम: शौरभ नेत्रभाल्कर (कप्तान), स्टेभन टेलर, करिमा गोरे, आयन हल्याण्ड, अक्ष होमराज, एलमोर हचिनसन, आरोन जोन्स, नोथुस केन्जिगे, ज्याभिएर मार्सल, मोनाक पटेल, निसर्ग पटेल, तिमिल पटेल, क्यामरुन स्टेभेन्सन, रस्ती थोरन ।

अहिलेसम्म लिग २ मा दुई सिरिज खेलिसकेको अमेरिका १२ अंकसहित शीर्ष स्थानमा छ । कुल ८ खेल खेल्दा अमेरिकाले ६ खेल जितेको थियो। नामिबिया भने ४ मा जित र ३ मा हार सहित तेस्रो स्थानमा छ। ओमान ४ मा जित र २ मा हार सहित चौथो स्थानमा छ। ८ खेलमा यएईले समान ३ मा जित र हार सहित पाँचौ स्थानमा छ। पप्पुवा न्युगिनी ८ खेलमा ८ खेल हार्दै छैठौं स्थानमा छ।
कुनैपनि खेल नखेलेको नेपाल अंकतालिकको पुछारमा रहेको छ ।

विश्व क्रिकेट लिग २ को लाइभ कसरी हेर्ने ?
त्रीकोणात्मक सिरिजको लाईभ भने कान्तिपुर टिभीले प्रत्यक्ष प्रसारण गर्ने छ ।

नेपालले अमेरिका र ओमानसँग खेल्ने खेल तालिका :
माघ २२ : नेपालविरुद्ध ओमान

माघ २३ : ओमानविरुद्ध अमेरिका

माघ २५ : नेपालविरुद्ध अमेरिका

माघ २६ : नेपालविरुद्ध ओमान

माघ २८ : अमेरिकाविरुद्ध ओमान

माघ २९ : नेपालविरुद्ध अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *