क्रिकेटखेलकुद

डब्लुसीएल लिग २: ओमानले टस जितेर फिल्डिङ रोज्यो, नेपाल ब्याटिङमा

डब्लुसीएल लिग २: ओमानले टस जितेर फिल्डिङ रोज्यो, नेपाल ब्याटिङमा

२६ माघ २०७६ काठमाडौँ : डब्लु सी एल लिग २ अन्तर्गत आज टियु मैदानमा हुनलागेको ट्राइसिरिज अन्तर्गत चौथो खेलमा नेपालले ब्याटिङको निम्तो पाएको छ। केहि बेर अघि सम्पन्न टसमा ओमानले टस जेते संगै पहिले बलिङ्ग रोजेपछि नेपालले ब्याटिङ गर्ने निश्चित भएको हो।

आईसीसी विश्व कप क्रिकेट लिग-२ मा आज सोमबार नेपालले तेस्रो खेल खेल्दै छ । नेपालले तेस्रो खेल अन्तर्गत ओमानको समान गर्ने छ । तेस्रो खेल कीर्तिपुरस्थित टीयू अन्तराष्ट्रिय मैदानमा बिहान ९:३० बजे देखि सुरु हुँदै छ । आईसीसी विश्व कप क्रिकेट लिग-२ मा नेपालले ओमान सँग दोस्रो खेल खेल्न लागेको हो ।

पहिलो खेलमा नेपाल ओमान सँग १८ रनले पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिका सँग ३५ रनले विजयी भएको थियो ।

आज हुने ओमान बिरुद्धको खेलमा नेपालको तर्फ बाट प्लेइङ ११ सार्वजनिक भएको छ।

नेपालको प्लेइङ ११ :
ज्ञानेन्द्र मल्ल (कप्तान) , आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कमल सिंह ऐरी, विनोद भण्डारी (विकेटकिपर), करण केसी, पारस खड्का, कुशल मल्ल, सुशन भारी, सुबाश खकुरेल र सन्दीप लामिछाने

बेन्चमा रहेका खेलाडी :
रोहित कुमार पौडेल, ललित नारायण राजवंशी र अविनाश बोहरा