क्रिकेटखेलकुद

डब्लुसीएल लिग २ : ओमान बिरुद्ध प्लेइङ ११ मा परेका नेपाली खेलाडी

डब्लुसीएल लिग २ : ओमान बिरुद्ध प्लेइङ ११ मा परेका नेपाली खेलाडी

२६ माघ २०७६ काठमाडौँ: आईसीसी विश्व कप क्रिकेट लिग-२ मा आज सोमबार नेपालले तेस्रो खेल खेल्दै छ । नेपालले तेस्रो खेल अन्तर्गत ओमानको समान गर्ने छ । तेस्रो खेल कीर्तिपुरस्थित टीयू अन्तराष्ट्रिय मैदानमा बिहान ९:३० बजे देखि सुरु हुँदै छ । आईसीसी विश्व कप क्रिकेट लिग-२ मा नेपालले ओमान सँग दोस्रो खेल खेल्न लागेको हो । पहिलो खेलमा नेपाल ओमान सँग १८ रनले पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिका सँग ३५ रनले विजयी भएको थियो ।

आज हुने ओमान बिरुद्धको खेलमा नेपालको तर्फ बाट प्लेइङ ११ सार्वजनिक भएको छ।

नेपालको प्लेइङ ११ :
ज्ञानेन्द्र मल्ल (कप्तान) , आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कमल सिंह ऐरी, विनोद भण्डारी (विकेटकिपर), करण केसी, पारस खड्का, कुशल मल्ल, सुशन भारी, सुबाश खकुरेल र सन्दीप लामिछाने

बेन्चमा रहेका खेलाडी :
रोहित कुमार पौडेल, ललित नारायण राजवंशी र अविनाश बोहरा