राजनितीसमाचार

प्रतिनिधि सभाको सभामुखमा अग्नि सापकोटा निर्वाचित

प्रतिनिधि सभाको सभामुखमा अग्नि सापकोटा निर्वाचित

१२ माघ २०७६ काठमाडौं: नेकपा भित्रको लामो समयको रस्साकस्सीपछि अन्ततः प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन् ।

आइतबार बसेको संसद बैठकले सापकोटालाई सभामुखमा निर्विरोध निर्वाचित गरेको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार सापकोटालाई सभामुखमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रस्ताव गरेका थिए ।

नेम्वाङको प्रस्तावलाघ नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, पूर्व सभामुख ओनसरी घर्ती र राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद लक्ष्मण लाल कर्णले समर्थन गरेका थिए ।

सभामुखका उम्मेदवार अग्नि सापकोटा नेकपाको स्थायी कमिटी सदस्य एवं प्रतिनिधिसभा सदस्य हुन् ।

सभामुख महरा बलात्कार प्रयासको आरोपमा जेल गएपछि सापकोटाले सभामुख बन्ने अवसर पाएका हुन् ।