ह्युङ सन नायक बन्दा टोट्टनहाम एफए कपको पाँचौ चरणमा
ह्युङ सन नायक बन्दा टोट्टनहाम एफए कपको पाँचौ चरणमा
२३ माघ २०७६ एजेन्सी : सन नायक बन्दा टोट्टनहाम एफए कपको पाँचौ चरणमा प्रवेश गरेको छ । टोट्टनहामले बुधबार राति भएको खेलमा साउथह्याम्पटलाइ ३-२ पराजित गरो ।
टोट्टनहामलाइ जित दिलाउने लुकास मोउरा र ह्युङ सनले गोल गरेका थिए । एक गोल टोट्टनहामले उपहार सोरुप पाएका थियो । खेलको १२ औं मिनेटमा ज्याक स्टेफेन्सको आत्मघाती गोलबाट टोटेनहमले खेलमा अग्रता बनाएको थियो ।
साउथह्याम्पटका खेलाडी सेन लङले ३४ औं मिनेटमा गोल गर्दै खेल १-१ को बराबरीमा लाएका थिए । ७२ औं मिनेटमा ड्यानी इङ्सले गोल गरे गोलबाट साउथह्याम्पटले खेलमा २-१ अग्रता बनाएको थियो। खेलको लुकास मौराले ७८ औ मिनेटमा गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । खेल सकिन ३ मिनेट बाकी हुँदा ह्युङ सनले पेनाल्टी मार्फत गोल गर्दै ३-२ को जित दर्ता गरो ।
ह्युङ सनले पेनाल्टी मार्फतको गोल संगै टोट्टनहाम एफए कपको पाँचौ चरणमा प्रवेश गर्न सफल भयो ।