खेलकुदफुटबल

ए डिभिजन लिग : जित संगै आर्मी लिगको शिर्ष स्थानमा

ए डिभिजन लिग : जित संगै आर्मी लिगको शिर्ष स्थानमा

१४ माघ २०७६ काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको खेलमा त्रिभुवन आर्मी क्लबले जित दर्ता गरेको छ। आर्मी र जावलाखेल युथ क्लब बीच भएको खेलमा आर्मीले जित दर्ता गरेको हो।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्स मा भएको दोश्रो खेलमा जवालाखेललाई १-०गोल अन्तरले हराउदै आर्मी लिग तालिकाको शिर्ष स्थानमा उक्लिन सफल भएको हो।

त्रिभुवन २० अंक सहित तालिकाको शिर्ष स्थानमा उक्लिन सफल भएको छ । त्रिभुवन आर्मीले ६ जित,दुई बराबरी र एक हारका साथ दोस्रो स्थानमा छ । जावलाखेल युथ क्लबले तिन खेलमा जित, तिनमा बराबरी र तिनमा पराजित रहेको छ। जावलाखेल युथ क्लब १२ अंकसहित ७ औं स्थानमा रहेको छ ।