ए डिभिजन लिग: आज मछिन्द्र र हिमालयन शेर्पा भिड्दै
ए डिभिजन लिग: आज मछिन्द्र र हिमालयन शेर्पा भिड्दै
३ माघ २०७६ काठमाडौँ: सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (शुक्रबार)एक खेल मात्र हुँदै छ। आजको खेलमा खेलमा शीर्ष स्थानमा मछिन्द्र क्लब र पुछारबाट दोस्रो स्थानमा रहेको हिमालयन शेर्पाबीच क्लबबिच भिडन्त हुँदै छ। आज मछिन्द्र र हिमालयन शेर्पाबिच को खेल ३ बजे देखि सुरु हुँदै छ। मछिन्द्र र हिमालयन शेर्पाबिचको खेल दशरथ रंगशालामा हुने छ ।
मछिन्द्र क्लब १३ अंक सहित शिर्ष स्थानमा रहेको छ। त्यस्तै हिमालयन शेर्पा भने ४ अंक सहित खेल तालिकाको १३ औ स्थानमा रहेको छ। मछिन्द्र क्लब जारी लिगमा ४ खेलमा जित हात पार्दा २ खेलमा बराबरी गरेको छ । यसैगरी शेर्पाले ६ मध्ये २ खेलमा हार र चार खेलमा बराबरी गर्दै ४ अंक जोडेको छ ।
शहिद स्मारक ए डिभिजन अंक तालिका