Breakingदेश

बनारसमा नेपालीलाई दुर्व्यवहार गर्ने चार जना पक्राउ – वाराणसी पुलिस

बनारसमा नेपालीलाई दुर्व्यवहार गर्ने दुइ जना पक्राउ – वारानसी पुलिस

३ साउन २०७७ काठमाडौं : अयोध्याका बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर नेपालीमाथि दुर्वयवहार गर्ने दुइजना पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति सन्तोष पाण्डे र अन्य एक रहेको भारतको वाराणसी (बनारस) प्रहरीले जनाएको छ । पक्राउ पारेका अन्य तिन व्यक्ति संग सोधपुछ जारि रहेको बताएपने ति व्यक्तिको विवरण भने वाराणसी प्रहरीले सार्वजनिक गरेको छैन।

विश्व हिन्दु सेनाका कार्यकर्ताहरुले बनारसमा एक नेपालीलाई नियन्त्रणमा लिएर बलपूर्वक केस मुण्डन गर्नुका साथै टाउकोमा ‘श्रीराम’ लेखिदिएका थिए । साथै उनलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेपालविरुद्ध नारा लगाउन लगाएका थिए ।

त्यो भिडियो विश्व हिन्दु सेनाका अध्यक्ष अरुण पाठकले फेसबुकमा सेयर गरेका थिए । त्यसपछि प्रहरीले पाठकसहितका व्यक्तिहरुविरुद्ध भेलुपुर थानामा एफआईआर दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । सो क्रममा सन्तोष पाण्डे नामका एक जना युवक तथा अन्य तिन व्यक्ति पक्राउ परेको बनारस प्रहरीले जनाएको छ ।

पत्रकार सम्मेलनमा बनारस प्रहरीका एक अधिकारीले दिएको जानकारीअनुसार पाण्डेले नै सो भिडियो बनाएका थिए । उनको मोबाइलमा पनि सो भिडियो रहेको बताउँदै बनारस प्रहरीले भनेको छ, ‘छिमेकी देशका राजनीतिक वा अन्य व्यक्तिविरुद्ध गरिएको आपत्तिजनक टिप्पणीलाई प्रहरीले गम्भीरतापूर्वक लिएको छ ।’

यो घटनामा संलग्न अधिकांश व्यक्तिहरुको पहिचान भइसकेको र उनीहरु पनि छिट्टै पक्राउ पर्ने प्रहरीले जनाएको छ ।

भिडियो सार्वजनिक भएलगत्तै भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग टेलिफोन सम्वाद गरेका थिए । कुराकानीको क्रममा आदित्यनाथले घटनामा संलग्नलाई कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए ।

यसअघि प्रधानमन्त्री ओलीले अयोध्या नेपालमै रहेको, नेपालकै रामसँग राजा जनककी छोरी सीताको बिहे भएको तर भारतले सांस्कृतिक अतिक्रमण गरेको अभिव्यक्ति दिएपछि भारतमा नेपालीहरुमाथि दुर्व्यवहार सुरु भएको हो । भारतीय नागरिकहरुले बनारसस्थित मन्दिर र धर्मशालामा ओलीविरोधी पोष्टरहरु टाँसेका थिए ।