कोरोना भाइरस के हो ? लक्षण र बच्ने उपाय
कोरोना भाइरस के हो ? लक्षण र बच्ने उपाय
नेपालको उत्तरी छिमेकी चीनमा मानिसको ज्यानै लिने एक खालको भाइरस ‘कोरोना भाइरस’ले त्रासदी फैलाएको छ । यो भाइरस चिनबाट सुरु भए पनि मानिस आवतजावत गर्ने जुनसुकै देशमा सर्ने हुनाले चीनको बुहानबाट सुरु भएर बेइजिङ, मकाउ, ताइवान, अमेरिका, अष्ट्रेलिया, थाइल्यान्ड, दक्षिण कोरिया हुँदै धेरैतिर फैलिदैछ र यसले त्रास फैलाउन सुरु गरेको छ। चिनमा देखापरेको यो भाइरसका कारण त्यहाँ कतिपय व्यक्तिको मृत्यु समेत भइसकेको छ । भाइरसले सैयौं प्रभावित छन् । भाइरसबाट थप क्षति नहोस् भनेर चिनका प्रभित क्षेत्रमा उच्च सर्तकता अपनाइएको छ ।
भाइरस फैलिएपछि विश्वभरकै विमानस्थलमा सावधानी अपनाउन थालिएको छ भने नेपालले पनि विमानस्थलमा जाच सुरु गरिसकेको छ ।
के हो कोरोना भाइरस ?
कोरोना भाइरस जनवारबाट सर्ने एक रहस्यमयी भाइरस हो । यो भाइरस गएको डिसेम्बरमा पत्ता लागेको थियो । कोरोना भाइरस विभिन्न प्रकारका छन् । यसअघि ६ प्रकारको भाइरस मात्र मान्छेमा संक्रमण हुन्छ भनिन्थ्यो । अहिले भने त्यसभन्दा फरक नयाँ प्रकारको कोरोना भाइरस फैलिएको हो ।
यसले मान्छेमा संक्रमण गर्ने क्षमता अरु कोरोना भाइरस भन्दा तिब्र एवं धेरै छ । स्वास्थ्य विशेषज्ञहरुले यो निकै भयानक रहेको बताइरहेका छन् ।
यो भाइरसलाई २०१९–एन सीओ भी नाम दिइएको छ । उक्त भाइरस मानिसमा पहिलो पटक देखा परेको हो । सन् २००० मा करीब ८०० ब्यक्तिको मृत्यु हुने गरी देखा परेको सार्स भाइरस पनि एक प्रकारको कोरोना भाइरस नै हो ।
अमेरिकामा भाइरस संक्रमणको पहिलो बिरामी मंगलबार फेला परेको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ अधिकारीहरुले अवस्था पूर्णरुपमा नियन्त्रित भनेर दिएको जानकारीमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।
उप मन्त्री लीले श्वासप्रश्वासकै माध्यमबाट संक्रमण फैल्ने जानकारी दिनुहुँदै हाछ्युँ गर्दा र खकार फाल्दा संक्रमण फैल्न सम्भावना बढी रहेको बताउनुभयो । तर चीनले भने संक्रमणको स्रोत अझै पहिल्याउन सकेको छैन् ।
कोरोना भाइरसका लक्षण
जाडोको मौसम छ । यतिबेला रुघाखोकी लाग्नु सामान्य मानिन्छ । जबकी कोरोना भाइरसले संक्रमण गरिसकेपछिको सुरुवाती लक्षण पनि यस्तै हुन्छ । त्यसैले यसबाट कतिपय झुक्किन सक्छन् । रुघाखोकी जस्तै लागेपनि यो सामान्य रुपमा रहँदैन । त्यसपछि क्रमस उच्च ज्वरो आउँछ, टाउको दुख्छ, सास फेर्न गाह्रो हुन्छ । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ ।
यसको डरलाग्दो पक्ष के भने, यो भाइरस एउटा प्रजातिको जीवबाट अर्कोमा सजिलै सर्छ । यसरी सर्दैसर्दै मान्छेसम्म पुग्छ ।
कोरोन भाइरस बाट बच्ने उपाय
यसबाट सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै हो । रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने, सरसफाईमा विशेष ध्यान दिने नै हो ।