नारायणकाजि श्रेष्ठ, न्यौपाने र दाहाल राष्ट्रियसभा सदस्य निर्बाचित
नारायणकाजि श्रेष्ठ, न्यौपाने र दाहाल राष्ट्रियसभा सदस्य निर्बाचित
९ माघ २०७६ काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले दिएको राष्ट्रिय सभा सदश्यमा गण्डकी प्रदेशबाट विजयी हुनुभएको छ ।
बिहीबार भएको निर्वाचनमा श्रेष्ठले तीन हजार चार सय ६२ मत ल्याउदै जित हात पर्नु भएको छ भने निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका सूर्यप्रसाद रेग्मीले दुई हजार दुई सय ४४ मत ल्याउनुभएको हो । उहाँलाई नेकपाले अन्य समूहमा उम्मेदवार बनाएको थियो ।
महिलातर्फका उम्मेदवार भगवती न्यौपानेले तीनहजार तीनसय ६६ मत ल्याएर जित्नुभयो भने प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार विमला गौतमको दुईहजार तीसय ४० मत प्राप्त गर्नुभएको थियो ।
वि.सं. २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा –२ मा श्रेष्ठ सात हजार मतान्तरले डा. बाबुराम भट्टराईसँग पराजित हुुनुभएको थियो ।
यसैबीच, प्रदेश नम्बर- २ मा नेकपाकी तुलसा दाहाल राष्ट्रियसभा सदस्यमा विजयी हुनुभएको छ । महिलातर्फ काँग्रेस उम्मेदवार नगिना यादवलाई पराजित गर्दै उहाँ विजयी हुनुभएको हो । नगिनाले ४७ सय ४० मतभार ल्याउनुभयो भने तुलसाले ५२ सय ८ मत ल्याउनुभयो । निर्वाचनमा दुई मत बदर भएको थियो ।