यी हुन् कांग्रेस नेकपा र राजपाले छानेका राष्ट्रियसभाका उम्मेदवार
यी हुन् कांग्रेस नेकपा र राजपाले छानेका राष्ट्रियसभाका उम्मेदवार
२० पुस २०७६ काठमाडौं : नेकपा, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस तथा राजपा नेपालले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएका छन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उम्मेदवारको टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको सचिवाल बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।
त्यसैगरी नेपाली कांग्रेसको शनिबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकन्ठमा बसेको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि १६ जना उम्मेदवारको नाम टुंगो लगाएको जनाइएको छ ।
राष्ट्रियसभा निर्वाचन आउँदो माघ ९ गते हुँदैछ ।
नेकपाबाट राष्ट्रियसभा उम्मेदवार :
आगामी माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उम्मेदवारको टुंगो लगाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको सचिवाल बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।
नेकपाले प्रदेश नम्बर १ बाट इन्दु गौतम, देवेन्द्र दाहाल र गोपी अछामी उम्मेदवार बनेका छन् । आछामी २०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालीन माओवादीका तर्फबाट मोरङ ८ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।
प्रदेश नम्बर २ बाट तुलसा दाहाल र राधेश्याम पासवान तथा प्रदेश नम्बर ३ बाट गंगा बेलबासे र डा. बेदुराम भुसाल उम्मेदवार बनेका छन् । भुसाल नेकपा स्थायी समिति सदस्य हुन् ।
गण्डकी प्रदेशबाट भगवती न्यौपाने र नारायणकाजी श्रेष्ठ उम्मेदवार बनेका छन् ।
२०७४ सालको चुनावमा श्रेष्ठ तत्कालीन नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईसँग पराजित भएका थिए ।
प्रदेश नम्बर ५ बाट विमला घिमिरे, गोपाल भट्टराई र जगप्रसाद शर्मा उम्मेदवार बनेका छन् । कर्णाली प्रदेशबाट सुमित्रा बिसी र मायाप्रसाद आचार्य उम्मेदवार बनेका छन् ।
आचार्यले नेकपा प्रदेश समितिको सचिव पद अस्वीकार गरेका थिए ।
सुदूरपश्चिम प्रदेशबाट पूर्व माओवादी खेमाका तारामान स्वाँर र शारदा भट्ट उम्मेदवार बनेका छन् । स्वाँर यसअघि २०६४ सालको चुनावमा अछामबाट माओवादीको उम्मेदवार बनेका थिए ।
नेपाली कांग्रेसबाट राष्ट्रियसभा उम्मेदवार :
कांग्रेसले प्रदेश नम्बर–१ को दलित कोटामा नीरबहादुर विश्वकर्मा, महिला कोटामा मीना पुलामीमगर र अन्य कोटामा राजेन्द्र घिमिरे, प्रदेश नम्बर–२ को महिला कोटामा नगिना यादव र अल्पसंख्यक/अपांगता कोटामा भोला पञ्जियारलाई उम्मेदवार बनाएको छ ।
यस्तै, प्रदेश नम्बर–३ को अन्य कोटामा हरिशरण श्रेष्ठ र महिला कोटामा छलीकुमारी शर्मा उपाध्ययाय, गण्डकी प्रदेशको अन्य कोटामा सूर्यप्रसाद रेग्मी र महिला कोटामा विमला गौचनलाई उम्मेदवार बनाएको छ ।
प्रदेश नम्बर–५ को अन्य कोटामा बालकृष्ण पाण्डे, महिला कोटामा गिरिजा न्यौपाने र अल्पसंख्यक/अपांगता कोटामा मेराज हलवाई, कर्णाली प्रदेशको अन्य कोटामा डिल्लीराम पाठक र महिला कोटामा सावित्री पौडेललाई उम्मेदवार बनाइएको छ ।
यसैगरी, कांग्रेसले सुदूरपश्चिम प्रदेशको अन्य कोटामा प्रताप ठगुन्ना र महिला कोटामा तुलसी देवकोटालाई उम्मेदवार बनाएको छ ।
कांग्रेसले प्रदेश–२ का चार सिटमध्ये दुई सिटका लागि समाजवादी पार्टीसित तालमेल गरेको छ ।
राजपाबाट राष्ट्रियसभा उम्मेदवार
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पनि राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार तय गरेको छ ।
राजपाले प्रदेश नम्बर–२ को अन्य कोटामा मृगेन्द्रसिंह यादव र अल्पसंख्यक कोटामा शेखरकुमार सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
प्रदेश–२ मा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राजपाले चुनावी तालमेल गरी दुई/दुई सिट बाँडेका छन् ।
समाजवादीबाट राष्ट्रियसभा उम्मेदवार
समाजवादी पार्टीले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको नाम तय गरेको छ । उम्मेदवारी मनोनयनको अन्तिम दिन सो पार्टीले नाम टुंगो लगाएको हो ।
पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेका अनुसार, प्रदेश १ बाट भरत दाहाल, ज्ञानराज परियार र साध्न शेख खातुनलाई उम्मेदवार बनाइएको छ । त्यस्तै प्रदेश २ मा रामप्रित पासवना र अनिरुद्रसिंह यादव तथा प्रदेश ५ मा कृष्णप्रसाद यादव उम्मेदवार बनेका छन् ।
समाजवादीले राष्ट्रियसभामा निर्वाचनमा प्रदेश २ मा नेपाली कांग्रेससँग तालमेल गरेको छ । त्यहाँ नेकपा र राजपाबीच पनि चुनावी गठबन्धन छ ।