कोरोनाभाइरस

हालसम्म ४१ दशमलव ५ प्रतिशत संक्रमित निको भएर घर फर्किए

हालसम्म ४१ दशमलव ५ प्रतिशत संक्रमित निको भएर घर फर्किए

२१ असार २०७७ काठमाडौँ : विभिन्न स्थानमा रहेका आइसोलेसन सेन्टरबाट आज १ सय ३२ जना कोरोना भाइरस संक्रमण मुक्त भई घर फर्किएका भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज १ सय ३२ जना संक्रमण मुक्त भएपछि संक्रमण मुक्त भई घर फर्किनेको कूल संख्या ६ हजार ५ सय ४७ पुगेको जानकारी दिनुभयो ।

नेपालमा हाल सम्म कोरोना भाइरसको संक्रमण मुक्त भई स्वास्थ्य लाभ गर्नेको दर ४१ दशमलव ५ प्रतिशत रहेको प्रवक्ता प्रा.डा. गौतमले बताउनुभयो ।

मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा हालसम्म १५ हजार ७ सय ८४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

कुन प्रदेश मा कति संक्रमित

जम्मा संक्रमित हरू मध्ये प्रदेश नं. १ का ६ सय ९४, प्रदेश २ मा ४ हजार १ सय ६०, बाग्मती प्रदेशका ५ सय ६३, गण्डकी प्रदेशका १ हजार १ सय ४२, प्रदेश नं. ५ का ३ हजार ९ सय ६८, कर्णाली प्रदेशका १ हजार ५ सय ७९ र सुदुर पश्चिम प्रदेशका ३ हजार ६ सय ७८ जना रहेको मन्त्रालयले जनाएको छ ।

देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइन स्थलहरूमा आज ३१ हजार ५ सय ७३ जना रहेका छन् भने ९ हजार २ सय ३ जना विभिन्न आइसोलेसन सेन्टरहरूमा रही स्वास्थ्यलाभ गरिरहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *