ए डिभिजन लिग: रोमान्चक खेलमा एनआरटीको जित
ए डिभिजन लिग: रोमान्चक खेलमा एनआरटीको जित
५ माघ २०७६ काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको एनआरटी र सशस्त्र बीचको रोमान्चक खेलमा न्युरोड टिम एनआरटी क्लबले सशस्त्र बिरुद्ध जित निकालेको छ ।
एन्फामैदान सातदोबाटोमा आइतबार भएको खेलमा एनआरटीले विभागीय टिम एपीएफलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
खेलको २४औं मिनेटमा एनआरटीका लागि आन्द्रे थेरीले पहिलो गोल गरेका थिए भने एपीएफका आशिष लामाले ४१औँ मिनेटमा गोल गर्दै खेल्ल्ल्लाई बराबरी बनाए ।
पहिलो हाफमा बराबरी खेलेको सशस्त्रले दोश्रो हाफको ५४औं मिनेटमा आशिष लामाले दोश्रो गोल गर्दै २-१ को अग्रता लिएको थियो। तर त्यो अग्रता केहि समयको लागि मात्र रहो जब आफ्नै टिमका बिरेन्द्र प्रकाश यादवले खेलको ८०औँ मिनेटमा सुसाइड गोल गर्न पुगे एनआरटी २-२ को बराबरी मा पुग्यो।
खेलको ८५औँ मिनेटमा एनआरटीका दर्शन गुरुङ्गले गोल गरे संगै खेलमा एनआरटीले ३-२ को अग्रता लियो र गुरुङले गरेको उक्त गोल नै निर्णायक गोल बन्न पुग्यो।
खेलमा एनआरटीका एरिक बिष्ट म्यान अफ दि म्याच बनेका थिए ।
आजको जितसंगै एनआरटी ७ खेलमा ११ अंक जोडन सफल भएको छ भने लिगको छैटौं स्थानमा उक्लिएको छ । भने एपीएफ ७ खेलमा ५ अंक जोडेर लिगको १२ औं स्थानमा रहेको छ ।