‘अनुहार चिनिने प्रविधि’लाई रोक लगाउदै युरोपेली सङ्घ
‘अनुहार चिनिने प्रविधि’लाई रोक लगाउदै युरोपेली सङ्घ
प्रबिधिको बिकाष संगै विश्वभर धेरैनै प्रयोगमा आउन सुरु गरेको ‘फेसियल रिकग्निसन’ भनिने अनुहार चिनिने प्रविधिलाई पाँच वर्षसम्म प्रतिबन्ध लगाउने सोचमा आफूहरू रहेको युरोपेली आयोगले जनाएको छ।
प्रविधिको उपयोग बढे संगै यसको सदुपयोग र दुरुपयोग उत्तिनै देखिन थाले संगै प्रविधिको दुरुपयोगलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा आफुहरु अनुसन्धान तथा छलफल गरिरहेको बताईएको छ। यसको निचोडमा पुग्नका लागि समयको आवश्यकता रहेको उनीहरूको भनाइ छ।
सुरक्षासँग सम्बन्धित परियोजना तथा अनुसन्धान र विकासमा भने रोक नलगाइन सक्ने युरोपेली सङ्घले बताएको छ।
१८ पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गर्दै आयोगले उक्त योजनाबारे उल्लेख गरेको छ, जसमा गोपनीयता तथा डेटा सम्बन्धी विद्यमान कानुनी प्रावधानलाई थप बलियो बनाइने उल्लेख गरिएको छ।
यो रोक तीनदेखि पाँच वर्षसम्म कायम रहन सक्ने बताइएको छ।
यूकेमा राजनीतिज्ञ र अभियानकर्ताहरूले प्रहरीलाई सार्वजनिक निगरानीका लागि लाइभ अर्थात् प्रत्यक्ष ‘फेसियल रिकग्निसन’ प्रयोग गर्न रोक लगाउन भन्दै आवाज उठाइरहेका बेला यस्तो प्रस्ताव आएको हो।
चीनमा अनुहार चिनिने प्रविधिको प्रयोग बढ्दो
यसैबीच चीन सरकारले भने साङ्घाइमा रहेका औषधि पसलहरूमा ‘फेसियल रिकग्निसन’ को प्रयोग गर्न सुरु गरेको छ। नियन्त्रण गरिएका औषधी खरिदकर्ताहरूले अनुहार ‘स्क्यान’ गराएर आफ्नो पहिचान प्रमाणित गर्नुपर्ने हुन्छ।
प्रतिबन्ध लगाइएका औषधी बनाउनमा रोक लगाउनका लागि चिनियाँ सरकारले गरिरहेको यो पछिल्लो पहल हो। चीन यो प्रविधिको समर्थक हो।
पश्चिमा मुलुकहरू यसको प्रयोगबारे सतर्क देखिँदा चीनले भने यो प्रविधिलाई प्रयोग गरिरहेको छ।