समाचार

सन् २०१९ मा नेपालमा भएका चर्चित घटनाहरु

सन् २०१९ मा नेपालमा भएका चर्चित घटनाहरु

नेपालमा २०१९मा अनेकौ घटनाहरु सार्वजनिक भए। कतै गाडी दुर्घटना,त कतै हत्या , कतै बलात्कार त कतै कालाबजारी। यिनै घटनाहरु बीच केहि घटनाहरु भने चर्चित बन्न पुगे।यिनै चर्चित केहि घटनाहरु समेटेर हामीले यो समाचार तयार पारेका छौ।

१. रवि लामिछाने प्रकरण : टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेविरुद्ध चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता भएको थियो । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पुडासैनीले मर्नु अघि रेकर्ड गरेको भिडियोलाइ आधार मानेर कार्यक्रम प्रस्तोता रवि लामिछानेविरुद्ध चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता भएको थियो । उक्त मुद्धामा प्रतिवादी रहेका रवी लामिछाने ५ लाख धरौटी बुझाएर धरौटीमा छुटेका थिए ।

२. कृष्ण बहादुर महरा प्रकरण: रोशनी शाही बलात्कार अभियोगमा पुर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परेका थिए। पुर्व सभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार गरेको आरोप लागेको छ। अदालतले पुर्व सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न आदेश दिएको थियो । जबर्जस्ती करणी प्रयास भएको भन्दै रोशनी शाहीले प्रहरीमा उजुरी दिएकी थिइन् । त्यस लगत्तै महराले पदबाट राजिनामा दिएका थिए भने मुद्धा चलिरहेकोले अहिले उनि थुनामा रहेका छन्।

३. आलम प्रकरण: २६ असोजमा पूर्वमन्त्री मोहम्मद आफताव आलमलाई प्रहरीले पक्राउ गरेको छ । १२ बर्ष अगाडी राजपुरमा भएको ब’म वि’स्फोटको घटनाका घाइतेलाई जिउदै ईट्टा-भट्टामा हालेर जालाउने कार्यमा सँलग्न भएको आरोपमा प्रहरीले आलमलाइ प्र’काउ गरेको थियो । मोहम्मद आफताव आलम माथि बि’स्फोटका घाइतेलाई इट्टा भट्टामा पोलेर मारेको आरोप छ । आलमलाई सर्वस्वसहित जन्मकैद माग गर्दै रौतहट जिल्ला अदालतमा मुदा दायर भएको छ भने उनि अहिले नाख्खु कारागारमा छन् ।

४. रेशम लाल चौधरी: रेशम लाल चौधरी टिकापुर घटनाका मुख्य आरोपी हुन् । ७ भदौ २०७२ मा टीकापुरमा भएको हिंसात्मक झडपमा एक बालक र एसएसपीसहित ७ सुरक्षाकर्मीको ह,त्याको आरोप उनिमाथि छ । हत्या पछी फरार रहेका चौधरी १४ फागुन २०७५मा अदालतसामू आत्मसमर्पण गरेका थिए । अभियुक्त चौधरी थुनामा रहेदैको अवस्थामा प्रतिनिधिसभा सदस्यको हैसियतमा सपथ लिएका थिए । हिरासतबाट रेशम लाल चौधरीलाइ छुटाउन राजपाको नेकपा सरकार सामु मुख्य एजेन्डा रहेको छ ।

५. सिद्ध बाबा प्रकरण: आफ्नै अनुयायीमाथि ब,लात्कार गरेको आरोपमा सिद्ध बाबा प्रक्राउ परेका थिए । सिद्ध बाबालाइ मङ्सिर १५ मा प्रकाउ परेका थिए । पक्राउ पर्नु अघि स्वास्थ्य रहेका सिद्धबाबाले बिरामी भएको नाटक गरि अस्पताल भर्ना हुन बिराटनगर स्थित बिरात नर्सिङ होम जिल्ला अदालत सुनसरीले सिद्ध बाबालाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । सिद्ध बाबा नामले चर्चित यी बाबाको असली नाम भने कृष्ण दास गिरि हो।