क्रिकेटखेलकुद

कुन भारतीय क्रिकेटरले कति तलब पाउँछन ?

कुन भारतीय क्रिकेटरले कति तलब पाउँछन ?

एजेन्सी : सन् २०२०मा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले २७ खेलाडी विभिन्न वर्गमा समावेश गरिएको सूची सार्वजनिक गरेको छ ।

बीसीसीआईले सार्वजनिक गरेको सूचीको ए प्लस श्रेणिमा मात्र तीन खेलाडी अटाएका छन् । कप्तान विराट कोहली, रोहित शर्मा र तिब्र गतिका बलर जसप्रित ए प्लस श्रेणिमा अटाएका छन् । ए प्लस श्रेणिका खेलाडीले वार्षिक सात करोड पाउँछन् ।

ए श्रेणिमा ११ खेलाडी सहभागी छन् । रबिचन्द्रन अश्विन, रबिन्द्र जडेजा, भुवनेश्वर कुमार, चेतेश्वर पूजारा, अजिन्क्यै रहाने, लोकेश राहुल, शिखर धवन, मोहम्मद सामी, ईशान्त शर्मा, कुलदीप यादब र ऋषभ पन्त उक्त श्रेणिमा छन् । ए श्रेणिका खेलाडीले बीसीसीआईसँग वार्षिक पाँच करोड रुपियाँ पाउँछन् ।

अष्ट्रेलिया विरुद्धको मेलबर्न टेष्टमा डेब्यु गरी उत्कृष्ट प्रदर्शन गरेका मयन्क अग्रवाल भने ठूलो फड्को मार्दै बी श्रेणिमा पुगेका छन । उक्त श्रेणिका खेलाडीले तीन करोड भारतीय रुपियाँ पाउनेछन् ।

सी श्रेणिमा झरेका विकेटकीपर ब्याट्सम्यान ऋधिमन साहले भने स्तरोन्नती गरी बी श्रेणिमा फर्किएका छन । उमेश यादब, युज्वेन्द्र चाहल, हार्दिक पाण्ड्या साह र अग्रवालसँगै समूह बी मा परेका छन् । बी श्रेणिमा पर्ने खेलाडीले वार्षिक तीन करोड पाउनेछन् ।

नवदीप सैनी, दीपक चाहर, श्रद्धुल ठाकुर, श्रेयस ऐयर र वाशिंगटन सुन्दरले भने सी श्रेणिमा अनुबन्ध भएका छन् । केदार जाधर, मनिष पाण्डे, हनुमा बिहारी पनि सी श्रेणिमै परेका छन् ।

अम्बाटी रायडू, दिनेश कात्र्तिक र खलील अहमद पनि बीसीसीआईको अनुबन्धनको परिधिबाट बाहिरिएका छन् । तीनैजनाले आफ्नो स्थान बनाउन सकेनन ।

सन् २०१९ को सूचीमा कप्तान धोनीलाई पहिलो श्रेणिमा राखिएको थियो । २०१९ मा विश्वकप सम्पन्न भए यता धोनीले कुनै अन्तर्राष्ट्रिय स्पर्धामा सहभागी भएका छैन्न । भारतले न्युजिल्याण्ड विरुद्ध विश्वकप क्रिकेटको सेमीफाइनल खेल्दा धोनी उक्त टोलीको सदस्य थिए ।