क्रिकेटखेलकुद

IND vs AUS: भारतीय टिमको लागि आज ‘गर वा मर’ को दिन

IND vs AUS: भारतीय टिमको लागि आज ‘गर वा मर’ को दिन

३ माघ २०७६ एजेन्सी: भारतीय क्रिकेट टिम गर वा मरको अवस्थामा रहेको छ । तीन ओडीआई सिरिजको पहिलो खेलमा भारतीय क्रिकेट टिमले लज्जास्पद हार बेहोरेको छ। पहिलो खेलमा अष्ट्रेलियाले भारतलाई १० विकेटले पराजित गर्दै तीन ओडीआई खेलको सिरिजमा १-० को अग्रता बनाउन सफल भएको छ ।टस हरेर पहिले ब्याटिग गरेको भारत ४९.१ ओभर खेल्दै २५५ रन मा अलआउट हुन् पुगेको थियो ।

जवाफी ब्याटिग गरेको अष्ट्रेलियाले ३७.४ ओभरमा कुनै विकेट नगुमाई लक्ष्य पुरा गर्यो। अष्ट्रेलियाको सानदार जित दिलाउने क्रममा दुवै ओपनर आरोन फिन्च र डेविड वार्नरले शतक प्रहार गरेका थिए । अष्ट्रेलियाको लागि डेविड वार्नरले ११२ बलमा १ सय २८ रन बनाए भने त्यस्तै कप्तान आरोन फिन्चले ११४ बलमा १ सय १० रन बनाएका थिए।

आजको खेल भारतीय विकेटकीपर ऋषभ पंतले गुमाउने भएका छन् । भारतीय विकेटकीपर ऋषभ पंतलो पहिलो वनडे खेलमा ब्याटिग गर्ने क्रममा बलले टाउकोमा चोट लगाएको थियो । टाउकोमा चोट लगाएको कारण गर्दानै ऋषभ पंतले दोस्रो वनडे खेल गुमाउने भएका छन् । ऋषभ पंतले तेस्रो वनडे खेल पनि गुमाउने सम्भावना रहेको छ । आजको खेलमा केएल राहुलले विकेटकीपिंग गर्ने छन्। ।

अस्ट्रेलियन टिम: आरोन फिंच (कप्तान), एश्टन एगर, एलेक्स केरी, पैट कमिंस, पीटर हैंड्सकॉम्ब, जोश हेजलवुड, मार्नस लाबुशेन, केन रिचर्डसन, डार्सी शॉर्ट, स्टीव स्मिथ, मिचेल स्टार्क, एश्टन टर्नर, डेविड वॉर्नर, एडम जाम्पा.

भारतीय टिमः विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), शिखर धवन, केएल राहुल, श्रेयस अय्यर, मनीष पाण्डेय, केदार जाधव, रिषभ पन्त, शिवम दुबे, रविन्द्र जडेजा, युजवेंद्र चहल, कुलदीप यादव, नवदीप सैनी, शार्दुल ठाकुर,जसप्रीत बुमराह र मोहम्मद शमी ।

ऑस्ट्रेलिया बिरुद्ध भारतको खेलतालिका

पहिलो खेल – १४ जनवरी 2020 -१:४५ ( भारत १० विकेटले पराजित )

दोस्रो खेल – १७ जनवरी 2020- १:४५

तेस्रो खेल – १९ जनवरी 2020 – १:४५

लाइभ कसरी हेर्ने ?
अस्ट्रेलिया बिरुद्ध भारतको प्रत्यक्ष प्रसारण नेपालमा स्टार स्पोर्ट्सबाट हेर्न सकिन्छ ।