प्रेमिकाको हत्या गरेको टेलिभिजन लाइभमा स्वीकार्ने प्रेमी कार्यक्रमबाटै पक्राउ
प्रेमिकाको हत्या गरेको टेलिभिजन लाइभमा स्वीकार्ने प्रेमी कार्यक्रमबाटै पक्राउ
२ माघ २०७६ काठमाडौँ : एक युवक टेलिभिजन स्टुडियोमा पुगेर कार्यक्रम लाइभ गर्न भन्छन र स्टुडियोमा प्रत्यक्षप्रसारण भइरहँदा आफुले आफ्नै प्रेमिकाको हत्या गरेको स्वीकार गर्छन । उनले आआफ्नै प्रेमिकाको हत्या किन र कसरि गरेको सबै बताउने क्रममा प्रेमिकाको घाँटी दबाएर हत्या गरेको बताउँछन् । उनी बोलिरहँदा प्रहरीलाई खबर गरिन्छ । उनलाई टेलिभिजन स्टुडियोबाट नै प्रहरीले पक्राउ गर्छ ।
यो घटना भारतको चण्डीगढको हो जहाँ २७ वर्षीय मनिन्द्र सिंहले प्रेमिका सरवजित कौरको हत्या गरेको स्वीकार टेलिभिजन स्टुडियोको लाइभ मार्फत गरेका थिए । न्युज १८ टेलिभिजनमा पुगेर लाइभ मार्फत घटना स्वीकारेका सिंहले विवाहको छिनोफानो भैसकेको भएपनि कौरको परिवारका कारण रद्द भएपछि हत्या गरेको बताएका छन् । ३० डिसेम्बरमा कौरको मृत शरीर होटलमा भेटिएपछि पनि प्रहरीले आफ्नो परिवारलाई तनाब दिएकाले हत्या स्वीकारेको बताएका छन् । उनी त्यसपछि फरार थिए ।
सिंहले कौरको परिवारले आफूसँग विवाह गर्न नदिएको दाबी गरेका छन् । तर, पञ्जाब प्रहरीले सिंहले विगतमा पनि हरियाणाकी एक युवतीको हत्या गरेकोमा अनुसन्धान भएको बताएको छ । उनी हत्याको अभियोगपछि पक्राउ परी धरौटीमा छुटेका थिए ।-एजेन्सी