चीनले अतिक्रमण गर्न खोजे महँगो साबित हुने ताइवानी राष्ट्रपतिको चेतावनी
चीनले अतिक्रमण गर्न खोजे महँगो साबित हुने ताइवानी राष्ट्रपतिको चेतावनी
१ माघ २०७६ काठमाडौँ : ताइवानकी नवनिर्वाचित राष्ट्रपति साइ यिङ्ग वुनले चीनले ताइवान माथि हेपाहा व्यवहार गरेको भन्दै “वास्तविकताको सामना गर्न” साथै “ताइवानप्रति सम्मान दर्शाउन” आवश्यक रहेको बीबीसीलाई बताएकी छन।
गत शनिवार उनी दोस्रो कार्यकालका लागि बहुमतले निर्वाचित भएकी थिइन्।
चिनियाँ कम्युनिस्ट पार्टीले लामो समयदेखि ताइवानमाथि आफ्नो सार्वभौमसत्ता दाबी गर्दै आएको छ। उसले आवश्यक परे बल प्रयोग गरेर भए पनि त्यो अधिकार लिने बताउने गरेको छ।
तर दोश्रो कार्यकालकालागि निर्वाचित राष्ट्रपति साइले ताइवानको सार्वभौमसत्ताबारे कुनै शङ्का अथवा त्यसबारे वार्ता गर्नुपर्ने आवश्यकता नरहेको बताएकि छिन।
निर्वाचित भएपछि बीबीसीसँगको विशेष अन्तर्वार्तामा ६३ वर्षीया राष्ट्रपति साइले ताइवानलाई एउटा स्वतन्त्र राज्य घोषणा गर्न आवश्यक नभएको बताइन।
“हामी पहिल्यैदेखि स्वतन्त्र राष्ट्र हौँ र हामी आफूलाई गणतान्त्रिक चीन, ताइवान भन्छौँ,”उनले थपिन्।
यस्ता अभिव्यक्तिले बेइजिङलाई क्रुद्ध बनाउन सक्छ जसले “एक चीन” नीतिलाई समर्थन गर्न उम्मेदवार खान ग्वो यीलाई राष्ट्रपतीय चुनावमा समर्थन गरेको थियो।
उनको दल चिनियाँ गृहयुद्धमा पराजित राष्ट्रवादीहरूद्वारा गठित पार्टी हो जसलाई चीनबाट भागेर ताइवान पुगेकाहरूले गठन गरेका थिए।
बिबिसी संगको अन्तर्वार्ताका क्रममा रास्ट्रपति साइले भनेकी छन्, “चीनले अतिक्रमण गर्न खोजे उसलाई त्यो निकै महँगो साबित हुनेछ।”
र, चीन पनि एकदमै बदलिसकेको राष्ट्रपति साइको विश्वास छ।
अन्तर्वार्ताका क्रममा उनले हङ्कङमा जारी तनावबारे पनि चर्चा गरिन्।