ए डिभिजन लिगमा आज दुई खेल हुँदै (सम्पूर्ण जानकारी)
ए डिभिजन लिगमा आज दुई खेल हुँदै (सम्पूर्ण जानकारी)
२७ पौष २०७६ काठमाडौँ: ए डिभिजन लिगमा आज दुई खेल हुँदै छ । आजको पहिलो खेलमा थ्री स्टार र फ्रेन्ड्स क्लबबिच हुँदै छ भने दोस्रो खेलमा ब्रिगेड ब्वाईजले अंक तालिकाको पुछारमा रहेको सरस्वती क्लबसंग खेल्नेछ ।
थ्री स्टार र फ्रेन्ड्स क्लबबिच खेल १२ बजे सुरु हुन्छ भने दोस्रो खेल ब्रिगेड ब्वाईज र पुछारमा रहेको सरस्वती क्लबको खेल ३ बजे देखि सुरु हुँदै छ ।
थ्रिस्टारको ५ खेलबाट १० अंक रहेको छ । थ्रिस्टारले एक खेलमा पराजित भएको थियो भने एक खेल बराबरी खेलेको छ । ६ अंक जोडेका ब्रिगेड ब्वाईज आठौं स्थानमा छ । २ अंक मात्रै जोडेको फ्रेण्ड्स १३ औं स्थानमा छ । खाता खोल्न नसकेको सरस्वती अंक तालिकाको पुछारमा रहेको छ ।
आज हुने लिग चरणको दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।