क्रिकेटखेलकुद

आईपीएल 2020: १० करोड भन्दा बढिको मूल्यमा बिक्रि भएका खेलाडीहरु

आईपीएल 2020: १० करोड भन्दा बढिको मूल्यमा बिक्रि भएका खेलाडीहर

१७ पौष २०७६ एजेन्सी: इन्डियन प्रिमियर लिग (आईपीएल/IPL) एक महिनाभन्दा लामो अवधिसम्म हुने ट्वान्टी-ट्वान्टी क्रिकेट लिग हो । इन्डियन प्रिमियर लिग विश्वको चर्चित क्रिकेट लिग प्रतियोगितामा एक ठुलो लिग हो । विश्व क्रिकेटका हस्तीहरुले भरिएको सो प्रतियोगिता क्रिकेटमा सबैभन्दा बढी चर्चामा रहने र धेरै दर्शकले हेर्ने प्रतियोगिता मानिन्छ । सन् २००८ देखि आइपीएल सुरु भएको हो । हरेक बर्षझैँ यो बर्ष पनि केहि खेलाडी माथि ठूलो बोलि लागेको छ । यो बर्ष ३ खेलाडीहरु १० करोड भन्दा बढिको मूल्यमा बिक्रि भएका छन् ।

१० करोड भन्दा बढिको मूल्यमा बिक्रि भएका खेलाडीहरु यसप्रकार रहेका छन् ।

१) प्याट कमिन्स: १५.५ करोड (कोलकाता नाइट राइडर्स)

२) ग्लेन म्याक्सवेल: १०.७५ करोड (किंग्स इलेभेन पन्जाब)

३) क्रिस मोरिस: १० करोड (रोयल च्यालेन्जर्स बेंगलोर)