समाज

कति बजे लाग्छ “खण्डग्रास चन्द्रग्रहण” ? समय र अबधि बारे जानकारी

कति बजे लाग्छ “खण्डग्रास चन्द्रग्रहण” ? समय र अबधि बारे जानकारी

२५ पुस २०७६ काठमाडौँ (विश्व घटना ) : शुक्रबार राति अर्थात् आज खण्डग्रास चन्द्रग्रहण लाग्ने छ। आज लाग्ने खण्डग्रास चन्द्रग्रहण नेपालबाट पनि देखिनेछ । चन्द्र ग्रहण राति १० बजेर ५२ मिनेटदेखि सुरु भएर ३ बजेसम्म चार घण्टा आठ मिनेट रहनेछ ।

आज लाग्ने भनिएको यो चन्द्रग्रहणमा पातलो छाया र खण्डग्रास मात्र देखिनेछ ।

यो ग्रहण नेपाल, भारतलगायत एसिया, अफ्रिका र अस्ट्रेलियाको पूरै क्षेत्र तथा अमेरिकाको उत्तरी क्षेत्रबाट देखिनेछ । ग्रहणको अधिकतम अवस्थामा चन्द्रमालाई एउटा गहिरो छायाले ढाकेको देख्न सकिने छ  । पृथ्वीले सूर्यको र चन्द्रमाले पृथ्वीको परिक्रमा गर्छन् ।

पृथ्वी सूर्यको परिक्रमा गर्दै चन्द्रमा र सूर्यको बीचमा आउँदा चन्द्रमा पृथ्वीबाट छोपिन्छ र त्यहाँ सूर्यको किरण पुग्न नपाई चन्द्रग्रहण लाग्छ ।

यो बर्षभरि अर्थात् सन् २०२० मा विश्वका विभिन्न भागबाट दुईवटा सूर्यग्रहण र चारवटा चन्द्रग्रहण देखिनेछ ।