राजनितीसमाचार

नेपाली कांग्रेसका उपसभापति गच्छदार सांसदबाट स्वत: निलम्बित

नेपाली कांग्रेसका उपसभापति गच्छदार सांसदबाट स्वत: निलम्बित

२२ माघ २०७६ काठमाडौं : बालुवाटारस्थित ललित निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका उपसभापति विजय गच्छेदारलगायत १७५ जना बिरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै कांग्रेस उपसभापति तथा संसदीय दलका उपनेता बिजयकुमार गच्छदार प्रतिनिधिसभा सदस्यबाट स्वतःनिलम्बित भएका छन् ।

उनी विरुद्धको यो मुद्दा अन्तिम किनारा नलागेसम्म सांसदको हैसियतमा संसदमा उनले जान नपाउने भएका हुन् , अर्थात् उनि सम्सद नै रहेनन् । यदि उनि मुछिएको भ्रष्टाचार मुद्दामा अख्तियारले गरेको दाबी अदालतबाट ठहर भएमा गच्छदारको राजनीतिक जीवन नै समाप्त हुनेछ ।

के छ राजनीतिक दल सम्बन्धी कानुनमा ?

राजनीतिक दल सम्बन्धी कानुनले भ्रष्टाचारजन्य नैतिक पतन हुने फौजदारी मुद्दामा अन्तिम अदालतबाट सजाय पाएको व्यक्ति कुनै पनि चुनावमा उम्मेदवार हुन पाउँदैन । गच्छदार त्यो अवस्थामा कांग्रेस केन्दीय सदस्य समेत हुन पाउने छैनन् ।

यसअघि कांग्रेसका नेताहरु खुमबहादुर खड्का, चिरन्जीवी वाग्ले, जेपी गुप्तालगायतका नेता सर्बोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएपछि राजनीतिक जीवन समाप्त भएको थियो ।