बिचित्र विश्व

अचम्मको गाउँ जहाँ जुम्ल्याहा बच्चा मात्रै जन्मिने गर्छन

अचम्मको गाउँ जहाँ जुम्ल्याहा बच्चा मात्रै जन्मिने गर्छन

सामान्य जीवनमा यो दुनियामा कोही व्यक्तिको जूम्ल्याहा बच्चा जन्मिनु कुनै अचम्मको कुरा हैन । तर, यहि क्रम पुरै गाउँमा जुम्ल्याहा बच्चा जन्मिएको सुन्दा अवश्य पनि अचम्म लग्न सक्छ। पुरै गाउँमा जुम्ल्याहा बच्चा जन्मिएको बारेमा आज हामी चर्चा गर्नेछौं ।

केरलाको मलप्पुर शहरको नजिकैको कोडिन्ही गाउँमा सबै जूम्ल्याहा बच्चा जन्मिने गरेका छन् । त्यस गाउँका धेरै दम्पतिहरुले जुम्ल्याहा बच्चा जन्माएका हुन् ।

उक्त गाउँमा एक हजार जूम्ल्याहा बच्चा रहेका छन् । यी बच्चाहरुले जूम्ल्याहा हुनुको समस्या भोगिरहेका छन् । त्यहाँ अन्र्तराष्ट्रिय मिडियाले पनि विभिन्न प्रश्नहरु गरेर गाउँबासीहरुलाई दिक्क बनाएका छन् ।

बच्चाहरुको भिडियोग्राफी बनाउन विभिन्न मिडियाहरुले दुःख दिएको गाउँबासीहरुको आरोप छ ।