बिचित्र विश्वसमाज

नेपाली विमानस्थलमा भएका चर्चित घटनाहरू

नेपाली विमानस्थलमा भएका चर्चित घटनाहरू

हरेक मानिसमा स्वतन्त्र जिउने र रहने अधिकार हुन्छ। र त्यो अधिकार हामि नेपालीमा समेत लागु हुने छ। मानिस आफुले पाएको अधिकारको भरपुर प्रयोग गर्ने मानसिकतामा सधै रहेको हुन्छ र उसले त्यो गर्छ पनि। तर केहि मानिस यस्ता पनि हुनेगर्छन जो आफुले पाएको अधिकार भन्दा ज्यादा प्रयोग गर्ने मुडमा हुन्छन। अर्थात् आफ्नो बल प्रयोग गरेर भएपनि नभएको अधिकार खोस्न लालायित हुन्छन। तर यहि अधिकार खोस्ने नाममा मानिसले अर्को व्यक्तिले पाएको अधिकारलाइ हनन गरिरहेको हुन्छ भन्ने उ स्वयमलाइ हेक्कानै हुदैन।

यस्ता घटनाहरु दिनहु जसो हरेक मानिसको वरपर घटेकै हुन्छ। केहि चर्चित हुन्छन भने केहि त्यतिक्कै सेलाएर जान्छन। त्यस्तै घटना हरुलाई आधार मानेर आज हामीले नेपालका बिमानस्थलमा भएका केहि चर्चित घटनाक्रमहरु जोडेर यो रिपोर्ट तयारपारेका छौ।

बिमानस्थलमा कुनैपनि किसिमको हुलहुज्जत गर्ने अधिकार कसैलाई पनि हुन्दैन र यो अति संबेदनशील स्थान रहेकोले कसैले पनि कुनैपनि अनुचित कार्य यस स्थान आसपास गर्नु पनि हुन्दैन। तर यस्ता केहि घटना घटिसकेका र आरोप लागेका केही व्यक्तिलाई घटना घटाएको आरोपमा प्रहरीले पक्राउ गरिएको थियो भने केहीले उन्मुक्ति पाएका थिए।

हालैमात्र एक चर्चित कलाकार आस्था राउतपनि यो घटनामा मुचिना पुगेकी छिन भने केहि समय अघि एक संसद समेतमुछिएका थिए त्यस्तै पुर्व युवराज पारस समेत यो घटना बात अछुतो रहेका छैनन्।

नेपालका विमानस्थलहरूमा भएका गायिका आस्था राउतको घटनासँग मिल्दाजुल्दा अन्य तीन चर्चित घटना:

१ आस्था राउत काण्ड :

सुरक्षा जाँचका क्रममा विमानस्थलका सुरक्षाकर्मीले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै गायिका आस्था राउतले एउटा भिडिओ सामाजिक सञ्जालमा अपलोड गरेपछि सुरु भएको चर्चा समाप्त भएको छैन।

उक्त भिडिओपश्चात् एक सुरक्षाकर्मीले राउतविरुद्ध नै अभद्र व्यवहारको उजुरी गरेपछि उनले गत सोमवार प्रहरीसमक्ष आत्मसमर्पण गरिन् र जिल्ला प्रशासन कार्यालय काठमाण्डूको आदेशमा एकदिन हिरासतमा बिताइन्।

मङ्गलवार उनलाई कार्यालयले ४,००० रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएपछि भने उनी छुटिन्।

तर राउत र समग्र घटनाक्रमका बारेमा सामाजिक सञ्जालहरूमा बहस जारी नै छ।

२. TIA को अध्यागतम विभागको काउन्टरमा तोडफोड

गत असोज २६ गते अस्ट्रेलियाबाट आएका एकजना गैरआवासीय नेपाली एनआरएन रमेशकुमार थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागम विभागको काउन्टरमा तोडफोड गरे।

उनले त्यहाँका कर्मचारीसँग आक्रोश पोख्दै काउन्टरमा हात बजार्दा सिसा फुटेको थियो।

त्यसबेला नेपालमा हुन लागेको एनआरएन सम्मेलनमा सहभागी हुन उनी नेपाल आएका थिए।

विमानस्थलस्थित अध्यागमनको काउन्टरमै तोडफोड भएपछि उनलाई तत्कालै प्रहरीले नियन्त्रण लिएको थियो।

नियन्त्रणपश्चात् उनलाई अध्यागमन विभागको हिरासतमा राखियो र तीन दिनपछि ५० हजार रुपैयाँ जरिबाना तिराएर छाडेको थियो।

उक्त तोडफोडका क्रममा थापालाई उक्साएको आरोप लागेकी एकजना महिलालाई पनि २५ हजार रुपैयाँ जरिवाना तिराइएको थियो।

ती महिलालाई भने हिरासतमा लिइएको थिएन।

थापालाई उड्डयन कानुनअनुसार नभई अध्यागमन कानुन अनुसार कारबाही गरिएको त्यसबेला विभागका महानिर्देशक ईश्वरराज पौडेलले बीबीसीलाई बताएका थिए।

३. साम्सदले विमान कम्पनीको काउन्टरमा गरेको तोडफोड

एनआरएन थापाले तोडफोड गरेको घटनाको भोलिपल्टै जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा त्यस्तै घटना भयो।

उक्त घटनामा राष्ट्रिय जनता पार्टी राजपाका सांसद प्रमोदकुमार साह संलग्न थिए।

साहले समयमा उडान नगरेको भन्दै तोडफोड गरेपछि भोलिपल्ट उनी काठमाण्डूबाट पक्राउ परे।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट पक्राउ गरेर धनुषा लगिएको थियो।

जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा दायर भएको थियो जसमा सांसद साहले गैरसैनिक हवाई उडान ऐन विपरित गतिविधि गरेको आरोप लगाइएको थियो।

तर पक्राउ परेको तीनदिनपछि साहलाई अदालतले साधारण तारेखमा छाड्ने निर्णय गर्यो।

उक्त मुद्दामा केही दिनअघि मात्र आफूले सफाइ पाएको साहले बीबीसीलाई बताए।

४. पूर्वयुवराज पारस शाहले सुरक्षाकर्मी धकेलेको घटना

गत भदौमा पूर्वयुवराज पारस शाहसँग सम्बन्धित एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल बन्यो।

उक्त भिडिओलाई लिएर सामाजिक सञ्जालहरूमा मानिसहरू विभाजित देखिए।

त्यस भिडिओमा पूर्वयुवराज शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा दिइरहेका एकजना सुरक्षा अधिकारीलाई धकेल्दै गरेको देखिन्थ्यो।

शाहले विमानस्थलको अतिविशिष्ट कक्ष भित्र जाँदै गर्दा ती प्रहरी अधिकृतलाई धकेलेको भिडिओमा देखिन्थ्यो।

त्यसबेला पूर्वयुवराज आफ्नी आमा पूर्वरानी कोमल शाहलाई बिदाइ गर्न आफ्ना छोरा र भान्जासहित विमानस्थल पुगेका थिए।

उक्त घटनापश्चात् सामाजिक सञ्जालमा कतिपयले शाहलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने माग गरेका थिए।

तर त्यसबेला विमानस्थल सुरक्षाको प्रमुख रहेका नेपाल प्रहरीका अधिकारीहरूले बीबीसीसँग ‘त्यहाँ खटिएका प्रहरीले त्यसलाई ठूलो घटना नमानेको’ बताएका थिए।

प्रहरीले उक्त घटनाको छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउने भनेको थियो तर उक्त छानबिनको विवरण सार्वजनिक भएको छैन।

शाहको नाममा रहेको फेसबुक पेजमा विमानस्थलको घटनामा पूर्वयुवराजले माफी मागेको सन्देश लेखिएको थियो। तर सो पेज आधिकारिक भए नभएको बीबीसीले पुष्टि गर्न सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *