क्रिकेटखेलकुद

अपराजित लिभरपुललाई १३ अंकको अग्रता, लेस्टर सिटीलाई ठूलो धक्का

अपराजित लिभरपुललाई १३ अंकको अग्रता, लेस्टर ठूलो धक्का

११ पौष २०७६ काठमाडौँ: गए राति भएको ईङ्लिस प्रिमियर लिग फुटबलको खेलमा लिभरपुलले लेस्टर सिटीलाई ४-० पराजित गरेको छ । बिहिबार भएको खेलमा लेस्टर ठूलो सिटीलाई धक्का लागेको छ । लेस्टर सिटी आफ्नै घरेलु मैदानमा ४-० ले पराजित हुन् पुग्यो । लिभरपुललाई जित दिलाउन तिन जान खेलाडी गोल गरेका थिए । जेम्स मिल्नर,अलेक्जेन्डर,अर्नोल्डले एक गोल गरे भने रोबर्टो फिर्मिन्होले दुई गोल गरेका थिए ।

लिभरपुलका लागि पहिलो गोल ३१ औ मिनेटमा फिर्मिन्हो गरेका थिए । दोस्रो गोल जेम्स मिल्नरले ७१ औं मिनेटमा पेनाल्टीमार्फत गरेका थिए । फिर्मिन्होले ७४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुल ३–० ले अघि बढायो । अर्नोल्डले ७८ औं मिनेटमा गोल गर्दै लिभरपुललाई फराकिलो जित दिलाए ।

लिभरपुलको १८ खेलबाट ५३ अंक रहेको छ । लिभरपुल अहिले सम्म अपराजित रहदै आएको छ ।यो सिजन ईङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले १ खेल मात्र बरबारी खेलेको छ ।लेस्टर सिटीको भने १९ खेलबाट ३९ अंक रहेको छ ।