भारतीय गायिका आशा भोस्ले आज नेपाल आउँदै
भारतीय गायिका आशा भोस्ले आज नेपाल आउँदै
९ पौष २०७६ काठमाडौँ: भारतीय चर्चित गायिका आशा भोस्ले आज नेपाल आउँदै छिन् । ८० वर्षीय आशा भोस्ले साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा आज नेपाल आउन लागेकी हुन् । गायिका आशा भोस्ले नेपाली गीतसङ्गीतमा ठुलो योगदान दिनुभएको छ ।
यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, म प्यार बेचिदिन्छु, गैरीखेतको शिरै हान्यो, मोहनी लाग्ला है, झझल्को लिएर आएछ सावन, साउने झरीमा, नयाँ नयाँ सजाऔँ है संसार, के सोचेँ मैले के भयो अहिले, किन बढ्दै छ ढुकढुकी मुटुको, पहाडको माथिमाथि, तिम्रो मनमा लुकेको कुरा, टाढा भई नजाऊ कहिल्यै लगायत नेपाली गीतहरु गाएर ठुलो योगदान दिनुभएको छ ।
गायिका आशा भोस्लेको नेपाल भ्रमणले भ्रमण वर्षलाई ठूलो योगदान पुराउने अनुमान गरिएको छ ।आशा भोस्ले लुम्बिनी,पोखरा,मुक्तिनाथलगायत स्थानहरुको भ्रमण गर्ने कुरा छ ।