समाज

आखिर किन र कसरी मनाइन्छ क्रिसमस डे ?

आखिर किन र कसरी मनाइन्छ क्रिसमस डे ?

७ पौष २०७६ काठमाडौँ: विश्वभर अहिले क्रिसमस इभको तयारी भइरहेको छ । विश्वभरका मानिस क्रिसमस इभ र क्रिसमस डेलाई मन खोलेर मनाउने गर्छन् । पहिले इशाई समुदायेका मानिसले मात्र यो पर्व मनाउने गर्थे तर अहिले समय परिवर्तन भए सँगै यो पर्व सब जातिका मानिसले मनाउने गर्छन् । क्रिसमस डे २५ डिसेम्बरमा पर्छ र यस दिन लगभग सम्पूर्ण विश्वका सबै देशहरुमा सार्वजनिक विदा दिइन्छ। क्रिसमस देखि १२ दिनको उत्सव क्रिसमसटाइडको पनि शुरुवात हुन्छ।

जिसस क्राइस्ट जन्म दिन भएकाले सो दिनलाई क्रिसमस डे मनाएको हो । दुई हजार १६ वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म भएको थियो । कुमारी मारियमको कोखबाट येशुको जन्म भएको हो । यो दिन देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । यस अवसरमा राष्ट्रिय ख्रीष्टियन महासंघले राष्ट्रिय सभागृहमा ख्रीष्टमस महोत्सव आयोजना गरेको छ ।क्रिसमस डेको दिन सुभकामना आदान प्रदान गरिन् छ ।

यो दिन येशुको शिक्षा एवं उपदेशको मनन पनि गरिन् छ ।क्रिसमस डे अवसरमा ठमेल ,बौद्ध पाटन लगायत ठाउँहरु विशेष रोनक हुने गर्छ ।येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । जिसस क्राइस्टले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । हाल नेपालभर १२ हजारभन्दा बढी चर्च र ३० लाख ७५ हजार भन्दा बढी ख्रीष्टियन समुदाय रहेको अनुमान छ । क्रिसमस डे को दिन सरकारले सार्वजनिक बिदा दिदै आएको छ । नेपालमा ४०० वर्षअघिदेखि क्रिसमस मनाउन थालिएको हो ।।