मानिस जस्तै अनुहार भएको कुकुर
यो विश्वमा अनेकन रोचक र अनौठा दृश्यहरु देख्न हामी मानव जातीले पाएका छौ। त्यस्तै मानिसहरु आफूले पालेको जनावर र उसले गर्ने व्यवहारको बारेमा निकै उत्साह साथ साथीहरुलाई सुनाउने गर्छन् । यस्तै अहिले हालै एउटा जनावरको अनौठो चर्चा हुन थालेको छ । त्यो जनावर अरु केहि नभएर घर पालुवा कुकुर हो। यो अचम्मको कुकुर आफ्नो सुन्दरताको कारण अहिले दुनियाँमा भाइरल भइरहेको छ ।
सबै कुकुरको आ-आफ्नो बंश हुन्छ र बन्शाणुगत हिसाबले आफ्ना पूर्वज जस्तै देखिन्छन तर यो कु्कुरको अनुहार ठ्याक्कै मानिससँग मिल्दछ । यो कुकुर देख्ने मानिसहरु कुकुरलाई देखेर छक्क पर्छन् ।
योगी नामको यो कुकुर अमेरिकाको मैसचुसिट्समा बस्ने चैंटल डेसजार्डिनबोको हो । यो हुबहु मानिसहरु जस्तै राम्रो पनि देखिन्छ । आफ्ना साथीले फोटो खिचेर सामाजिक संजालमा पोस्ट गरे लगत्तै भाइरल भएको उक्त कुकुरको फोटो देखेर मिडिया घरमा आएपछि मात्र कुकुरका मालिक चैंटललले आफ्नो कुकुर सामाजिक संजालमा भाइरल भएको कुरा थाहा पाए र मिडिया सामु छक्क परेका थिए।
