मनोरंजन

रिमा विश्वकर्मा: एक सेलिब्रिटी

रिमा विश्वकर्मा: एक सेलिब्रिटी

रिमा विश्वकर्मा नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री मोडल तथा पूर्व संचारकर्मी हुन्। रिमा विश्वकर्माको जन्म बर्दियाको गुलरिया भन्ने ठाउँमा भएको थियो । रिमा विश्वकर्मा ६ वा ७ कक्षामा पढ्दै गर्दा रिमाले एउटा नेपाली टेलीशृंखला जाँदा जाँदैलाई सन्चालन गरेकी थिइन् ।

रिमा विश्वकर्माको उचाई १.६१ मी (५ फिट ३ १⁄२ इन्च) रहेको छ । साथी र परिवारहरुले रिमा विश्वकर्मालाइ पुतली र रेम्स उपनामले बोलाउने पनि गर्दछन् । आज भोलि रिमा विश्वकर्मा कमेडी च्याम्पियन होस्ट गर्न व्यस्त छिन् । रिमा विश्वकर्माले यो भन्दा अगाडी नेपाल आइदल होस्ट गरेकी थिइन् । उनको पहिलो फिल्म स्वर थियो । यो फिल्म सन् २०११ रिलिज भएको थियो । रिमा विश्वकर्माको विवाह २०१५ भएको थियो तर विवाहा गरेको दुईवर्ष भित्रमै उनको डिभोर्स भएको थियो।