देशसमाचारसमाज

सिन्धुपाल्चोक बस दुर्घटनामा मृत्यु भएका १५ मध्ये १४ को सनाखत

सिन्धुपाल्चोक बस दुर्घटनामा मृत्यु भएका १५ मध्ये १४ को सनाखत

३० मङ्सिर २०७६ दोलखा : सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिकामा रहेको ‘छ किलो’ भन्ने ठाँउमा आईतवार भएको बस दुर्घटनाका मृतक १५ जना मध्ये १४ जनाको सनाखत भएको छ । उक्त दुर्घटनामा १२ जनाको घट्नास्थलमा र तीन जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।

शनिबार दोलखाको कालिञ्चोक मन्दिर दर्शन गरेर सिन्धुपाल्चोकको मूडेमा बसेको बा ४ ख ४४६८ नम्बरको बस भक्तपुर फर्कदै गर्दा भएको दुर्घटनामा मृत्यु हुनेहरु दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ९ को २८ बर्षिय मञ्जु तमाङ, दोलखा भीमेश्वर नगरपालिकाकै ३७ बर्षिय जुनु तमाङ, सिन्धुपाल्चोक जुगल गाँउपालिका वडा नम्बर ७ को ७ बर्षिय सविना तमाङ, २८ बर्षिय सुकबहादुर तमाङ, रामेछाप उमाकुण्ड गाँउपालिका वडा नम्बर ५ को २८ बर्षिय महेश तमाङ र भक्तपुर सुर्यविनायक नगरपालिका वडा नम्बर ८ को ३२ बर्षिय चिनु वस्नेत, सिन्धुपाल्चोक जुगल गाँउपालिका वडा नम्बर ७ को १५ बर्षिय रोशनी तमाङ, ३० बर्षिय रेश्मा तमाङ, दोलखा शैलुङ गाँउपालिका वडा नम्बर ६ का १० बर्षिय रञ्जीत वस्नेत, सिन्धुपाल्चोक लिशंखुपाखरको ५५ बर्षिय गंगामाया तमाङ, सिन्धुपाल्चोक बलेफि ७ को ३५ बर्षिय फुलमाया तमाङ, दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ९ को लक्ष्मी श्रेष्ठ, काभ्रेपलाञ्चोक बेथानचोक ५ को रामशरण खत्री, ३५ बर्षिय मैया केसी र रामेछाप सुनापाती ६ को ४२ बर्षिय जुनुमाया तमाङको सनाखत भएको छ । एक जना महिलाको भने सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

भक्तपुर फर्कदै गर्दा सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका वडा नम्बर ७ को ६ किलो भन्ने ठाँउमा दुर्घटनामा परेको थियो ।

दुर्घटनाको घाइतेहरुमा सिन्धुपाल्चोक जुगल गाँउपालिका वडा नम्बर ७ को ३६ बर्षिय गंगामाया तमाङ, उनको दुई बर्षको छोरी आयुषा तमाङ, २२ बर्षको धनकाजी तमाङ, २४ बर्षको रञ्जीता तमाङ, २६ बर्षको हरिमाया तमाङ, ३७ बर्षको दोर्जे तमाङ, १६ बर्षको सागर तमाङ, ३० बर्षको दिपक तमाङ, २४ बर्षको नैना तमाङ, दोलखा शैलुङ् गाँउपालिका वडा नम्बर २ को सहचालक गिपलव तमाङ, भक्तपुरको सागर केसी र ठाँउ र नाम नखुलेको ५÷६ महिनाको एक बालिका रहेको प्रहरी निरीक्षक खनालले बताउनुभयो ।

घाईते मध्यै सहचालक गिपलव तमाङ, सागर केसी, दोर्जे तमाङ र सागर तमाङलाई उपचारको लागि काठमाडौँ पठाईएको, चार जनाको धुलिखेल अस्पतालमा उपचार भईरहेको र बाँकी घाईतेको सिन्धुपाल्चोक खाडीचौरको सदावहार अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

चालक सिन्धुपाल्चोकका सुमन तमाङ सम्पर्कमा नआएको र उनको खोजी भईरहेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी हिमकला पाण्डेले जानकारी दिनुभयो ।