मनोरंजनसमाचार

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईलाइ हृदयघात, अस्पताल लग्दालग्दै बाटैमा निधन

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईलाइ हृदयघात, अस्पताल लग्दालग्दै बाटैमा निधन

३० मङ्सिर २०७६ काठमाडौँ : नेपाल सरकार चलचित्र विकास बोर्डका वर्तमान अध्यक्ष केशव भट्टराईको गएराति हृयदघातका कारण बाटैमा निधन भएको छ ।

नेपाली चलचित्र जगतमा लगातार योगदान पुर्याउदै आएका ५१ वर्षीय भट्टराईको स्वास्थ्यमा एक्कासि समस्या आएपछि उनलाई काठमाडौँको चाबहिलस्थित ओम अस्पताल लैजाने क्रममा अस्पताल पु-याउनुअघि नै बाटैमा निधन भएको अस्पतालले जनाएको छ । ३ दसकदेखि चलचित्र क्षेत्रमा क्रियाशिल भट्टराई निर्माता र निर्देशक तथा कलाकार समेत हुन् ।

उनले अभिनय गरेका चलचित्रहरु आफ्नो मान्छे, पाहुना, छोडी गए पाप लाग्ला, कर्मयोद्धा, देबरबाबु, सो सिम्पल लगायत चलचित्र निर्देशन गरेका थिए ।