सुनसरीको तित्रृबनामा बस र हाईस दुर्घटना, ३ जनाको ज्यान गयो
सुनसरीको तित्रृबनामा बस र हाईस दुर्घटना, ३ जनाको ज्यान गयो
१९ माघ २०७६ सुनसरी : आज विहान ८ बजे सुनसरीको तित्रृबनामा बस र हाईस गाडी दुर्घटना हुदा तीन जनाको घट्ना स्थलमै ज्यान गएको छ ।
दुर्घटनामा अन्य धेरैको मृत्यु हुन सक्ने प्रहरीले बताएको छ । घट्ना स्थलबाट शव निकाल्न समस्या भईरहेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।
इटहरीबाट इनरुवा तिर जादै गरेको बा ५ ख ३१५७ नम्बरको हाईस गाडी र इनरुवाबाट इटहरी तिर आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एक आपसमा ठक्कर खाएको हो ।
हाईसका यात्रु धेरैको मुत्यु भएको प्रहरीले जनाएको छ । हाईस गाडी कच्याककुच्युक अवस्थामा छ । शबहरु चेपिएको अवस्थामा छन् उनीहरुलाई निकाल्न काम भईरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको पूर्ण विवरण नआईसकेको एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ । दुर्घटना भएको ठाउँमा तीन जनाको मृत्यु भएको ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ ।
