मनोरंजन

नेपाल आइडल सिजन ३ आगामी पुस ३ देखि, रिमा बिश्वकर्मा आउट

नेपाल आइडल सिजन ३ आगामी पुस ३ देखि, रिमा बिश्वकर्मा आउट

२६ मङ्सिर २०७६ काठमाडौँ: नेपाल आइडलको तेस्रो सिजन पुस ३ गतेबाट सुरु हुने भएको छ । नेपाली आइडल-३ को अडिसनको छायाँकन पुर् भईसकेको छ । जजको रुपमा न्ह्यु बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी रहेका छन् ।

अघिल्लो सिजन पहिल यी तिनै जाना निर्णायक रहेका थिए । तर यो चोटि होस्ट भने परिवर्तन भएका छन् । यो सिजनको होस्ट आशिफ साह र माम्पी घोष हुने भएका छन् । कार्यक्रम एपीवान टेलिभिजनबाट हरेक बिहीबार र शुक्रबार राति साढे ८ बजे प्रशारण हुनेछ।

नेपाल आइडलको पहिलो सिजनको उपाधि बुद्ध लामाले जितेका छन् भने दोस्रो सिजनको उपाधि रवि ओडले जितेका थिए ।