आज यमोरी पूर्णिमा,कसरी बनाइन्छ योमरी ?
आज यमोरी पूर्णिमा,कसरी बनाइन्छ योमरी ?
२६ मङ्सिर २०७६ : आज नेवार समुदायले योमोरी पुर्णिमा मनाउदै छन् । आज काठमाडौँ र देशैभरि नेवार समुदयले यमोरी पूर्णिमा मनाउने गर्छन । यमोरी पूर्णिमा धान्य पुर्णिमामा पनि भन्ने गरिन छन् ।नयाँ धानको चामलको पिठोलाई माछाकोजस्तो स्वरुप बनाएर त्यस भित्र चाकू, तिल, दूधको खुवा आदि राखेर पानीको बाफबाट योमरि तयार पारिन्छ । योमरि अत्यन्तै स्वादिष्ट हुन्छ, मैदाको पिठो भित्र तरकारी र मासुका किमा हालेर मःमः बनाए झै योमरिलाई पनि पानीको बाफमा पकाइन्छ । तेल या अन्य चिल्लोपना नभएको यो परीकार स्वास्थ्यका हिसाबले हीतकारी छ ।
कसरि पकाउने र बनाउने योमरी ?
यःमरि बनाउन चामललाई पिठोमा परिणत गरिन्छ । चामललाई नेपाल भाषामा ‘पो/प्वँ’, अथवा ‘जाकि’ भनिन्छ । चामलको पिठो ‘पोचुं’ अथवा ‘जाकिचुं’। ‘चुं’ भन्नु चूर्ण अनुकण । चामल लस्सादार हुनुपर्छ । पहिले तौली चामल (लस्सादार चामल) चाहिन्थ्यो भने अचेल त्यसको ठाउँ ताइचुन चामलले लिएको छ। अत्यन्त मिहिन पिठो शुद्ध घिउमा थोरै हरक दिइन्छ । ११० डिग्री तापक्रममा उमालिएको पानीले मुछिन्छ पोचुं । मस्केर मुछिनुपर्छ, मुछिन्छ उस्तै। हावालै प्रत्यक्ष सुस्क पार्नबाट बचाउन सफा मलमल कपडाले छोपिनुपर्छ ।
मुछिएको आलो पिठोलाई आकार दिनुपर्छ। पिठोलाई आकार दिँदा यःमरिको रूप बन्छ। यःमरि बनाउने काम सिपालु काम हो । सीपविना यःमरि बन्दैन। जुन आकारको यःमरि तयार गर्नुछ, उत्रै डल्लो पिठो हात पार्नुपर्छ। पिठोको डल्लोलाई चोर औंलाले छेड्नुपर्छ। औंला शुद्ध खानेतेलले रसाइ पिठो छेड्नुपर्छ। औँला घुमाउँदै जाँदा पिठोको डल्लो पातलिँदै जान्छ। पातलो डल्लो झन्डै शंखाकारमा परिणत हुन्छ। बीचमा झन्दै वाइन ग्लासको जस्तै खोक्रो ठाउँ बन्न पुग्छ। त्यसै रित्तो ठाउँमा तिलका पिठो र लेदो चाकुको मिश्रण हालिन्छ। त्यस्तो आकारको यःमरिलाई “बायो” भनिन्छ। ‘बायो’ आकार विम्बात्मक छ। ‘बायो’ तान्त्रिकमात्र नभएर शारीरिक अङ्गबोधक पनि ठहर्छ। प्रशङ्गवश बायो बाबुको गुप्ताङ्गको विम्बबोधक बन्छ।
यःमरिको अर्को आकार त्रिकोणात्मक हुन्छ। त्यसलाई “मायो” भनिन्छ। बनाउने तरिका र प्रविधि एकै हो। त्रिकोण पनि विम्बबोधक बन्छ। मायोभित्र तिलचाकु मिश्रण हालिन्न। त्यसमा पिँधेको मासका बाक्लो लेदो डल्लो भरिन्छ। मासको सट्टा मुगी पनि प्रयुक्त हुन्छ/गरिन्छ। मुगीफल सबैका लागि उपयुक्त हुनसके हुन्छ। कुनै पनि शारीरिक अवस्थालाई सुपाच्य रहन्छ। अन्न/भात खान नहुने अवस्थामा पनि हामी सिङ्गो मुगी बेस्कन पकाएर मुगीसुप/रस पिउँछौँ। मायोको तीनकुने आकार तन्त्रमा पुगेर योनि विम्ब बन्छ।