१३ औं साग: आज अन्तिम दिन ५ खेल हुँदै
१३ औं साग: आज अन्तिम दिन ५ खेल हुँदै
२४ मङ्सिर २०७६ काठमाडौँ: दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को अन्तिम दिन आज सोमबार ५ खेलको प्रतिस्पर्धा हुँदैछ । सागको समापन ५ बजे पछि हुँदै छ । सागमा आज फुटबल, बक्सिङ,बास्केटबल, जुडो र स्क्वास खेलको प्रतिस्पर्धा हुनेछ । आजको सबै खेल काठमाडौंमा हुँदै छ ।
फुटबल: आज फुटबल स्वर्ण पदकको लागि खेल हँदै छ । यो खेल ३ बजे देखि हुँदै छ ।
बास्केटबल: यो खेल पनि स्वर्ण पदकको लागि हुँदै छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा पुरुष बास्केटबलमा भारत र श्रीलंकाबीचको फाइनल खेल अपरान्ह १ः०० बजे हुनेछ भने महिला बास्केटबल तर्फमा नेपाल र भारतबीचको फाइनल खेल अपरान्ह ३ः३० बजेसुरु हुनेछ । महिला बास्केटबलमा भुटान र माल्दिभ्सबीच तथा पुरुष बास्केटबलतर्फ नेपाल र बंगलादेशको तेश्रो स्थानको खेल हुनेछ ।
बक्सिङ: ८ स्वर्ण पदकको लागि हुँदै छ । अपरान्ह १ बजेदेखि अन्तर्राष्ट्रिय खेलकुद परिसर कराते हल सातदोबाटोमा हुने छ ।
जुडो: यो खेल ९ बजे देखि सुरु हुँदै छ भने फाइनल खेल १२:३० देखि सुरु हुँदै छ ।
स्क्वास: स्क्वास फाइनल खेल हुँदै छ । यो खेल बिहान ९ देखि सुरु हुँदै छ । पाकिस्तान र भारतले महिला र पुरुष दुवै टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् ।पुरुषतर्फ कांस्य पदकका लागि नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्नेछ । महिलातर्फ श्रीलंका र नेपालले कास्यको लागि खेल्नेछ । फाइनल खेल १२बजे देखि सुरु हुनेछ ।