खेलकुदफुटबल

साग महिला फुटबल: आज नेपाल र माल्दिभ्स भिड्दै

साग महिला फुटबल: आज नेपाल र माल्दिभ्स भिड्दै
१९ मङ्सिर २०७६ : १३औं दक्षिण एसियाली खेलकुद अन्तर्गत आज नेपालले माल्दिभ्सको सामना गर्दै छ । आज हुने खेल २ बजे पोखरा रंगशालामा हुनेछ । पहिलो खेलमा नेपालले विजय सुरुवात गरेको थियो । श्रीलंकाविरुद्ध १–० को झिनो गोल अन्तरले विजयी भएको थियो । नेपालको जितमा सरु लिम्बुले ८८ औं मिनेटमा मिनेटमा गोल गर्दै नेपालको जित पक्का गरेकी थिन् ।

नेपाली महिला टोलिको कुरा गर्दा गोलकिपरको भूमिकामा एन्जिला तुम्बापो, अञ्जना राना मगर, उषा नाथ रहेकी छिन् भने डिफेन्डर तिर गिता राना, पुनम जर्घा मगर, अमृता जैशी, हीरा कुमारी भुजेल, कविता धिमाल, मनमाया लिम्बु, पूजा राना रहेकी छिन ।मिडफिल्डरमा रेनुका नगरकोटे, दिपा राई, सरु लिम्बु, इन्दिरा राई, अनिता बस्नेत, मञ्जली कुमारी योञ्जन, विमला चौधरी
फरवार्डः सावित्रा भण्डारी, निरु थापा र अनिता केसी ।