१३औं साग: आज हुने क्रिकेट र फुटबल बारे सम्पूर्ण जानकारी
१३औं साग: आज हुने क्रिकेट र फुटबल बारे सम्पूर्ण जानकारी
१७ मङ्सिर २०७६: १३औं दक्षिण एसियाली खेलकुद अन्तर्गत आजदेखि फुटबल र क्रिकेटका खेलहरु सुरु हुँदैछन् । आज हुने खेल पोखरा र काठमाडौँ मा हुँदै छ । फुटबल खेलको कुरागर्दा खेरि आज काठमाडौँको दशरथ रंगशालामा पहिलो खेल हुँदै छ । पहिलो खेल नेपाल र भुटानबिच हुँदै छ । यो खेल दिउँसो एक बजे हुनेछ । अन्तिम समयया भारतले नखेल्ने भएपछि पुरूष फुटबलमा ५ टिमले राउण्ड रोविनमा प्रतिस्पर्धा गर्नेछन् । नेपालले पहिलो खेल मंगलबार भुटानसँग खेल्दै छ ।
नेपालको खेल
नेपाल भर्सेस भुटान – मंसिर १७ गते – दिउँसो १ बजे
नेपाल भर्सेस श्रीलंका – मंसिर १८ गते – साँझ ५ बजे
नेपाल भर्सेस माल्दिभ्स – मंसिर २० गते – साँझ ५ बजे
नेपाल भर्सेस बंगलादेश – मंसिर २२ गते – साँझ ५ बजे
पुरुष नेपाली टिमका गोलकिपरको रुपमा विकेश कुथु, अर्पण कार्की रहेका दीप कार्की छन् ।
डिफेन्डर तिर अनन्त तामाङ, सुमन अर्याल, विक्रम लामा, विकास खवास, मिक्चेन तामाङ, छिरिङ गुरुङ र राजेश परियार रहेका छन् भने मिडफिल्डरका रुपमा सुजल श्रेष्ठ (कप्तान), सुनील बल, हेमन्त थापामगर, नितिन थापा, सेसेहाङ आङदाङ्म्बे र तेज तामाङ रहेका छन् । त्यसैगरी फरवार्डका रुपमा राजिव लोप्चन, अभिषेक रिजाल, रेजिन सुब्बा र प्रेजन तामाङ रहेका छन् ।
सागमा फुटबल हेर्न साधारण प्यारापिटतर्फ ५ सय र भिआईपी प्यारापिटतर्फ हजार रुपैयाँ टिकट मूल्य निर्धारण गरिएको छ ।
महिला फुटबल भने आज मंगलबारदेखि पोखरामा सुरु हुनेछ। खेल विहान १० बजे सुरु हुनेछ । हरि खड्काको नेतृत्वमा रहेको नेपाल निरु थापाको कप्तानीमा मैदान उत्रने छ । नेपाली महिला टोलिको गोलकिपरको रुपमा एन्जिला तुम्बापो, अञ्जना राना मगर र उषा नाथ रहेका छन् । डिफेन्डरको रुपमा गिता राना, पुनम जर्घा मगर, अमृता जैशी, हीरा कुमारी भुजेल,कविता धिमाल, मनमाया लिम्बु र पूजा राना रहेकी छिन् । मिडफिल्डरको रुपमा रेनुका नगरकोटे, दिपा राई, सरु लिम्बु, इन्दिरा राई, अनिता बस्नेत, मञ्जली कुमारी योञ्जन र विमला चौधरी रहेकी छिन् ।फरवार्डको रुपमा सावित्रा भण्डारी, निरु थापा र अनिता केसी रहेकी छिन् ।
नेपाल आज पहिलो प्रतिद्वन्दी टेष्ट राष्ट्र श्रीलंकासँग खेल्ने भएको छ । आजको खेल ११ बजे टियु क्रिकेट मैदानमा हुँदै छ । पुरुष क्रिकेटका खेल मंसिर १७ देखि २४ गतेसम्म सञ्चालन हुनेछ ।राउण्ड रोबिनको आधारमा हुने पुरुष क्रिकेटको शीर्ष दुई टिमले स्वर्ण पदकको लागि खेल्ने छन् । यस्तै तेस्रो र चौंथो टिमले कास्यको लागि खेल्नेछ । फाइनल, पहिलो खेल, र कास्य पदको लागि खेल विहान ११ बजेबाट सुरु हुने छ । लिग चरणका खेल विहान ९ र दिउँसो १ बजेपछि सुरु हुने छ ।
नेपाली टिमका लेग स्पिननर सन्दिप साग खेल नखेल्ने भएका छन् । दुबै आँखाको सामान्य शल्यक्रिया गरेका सन्दीपले १५ दिन आराम गर्नु पर्ने भएपछि साग नखेल्ने भएका हुन् ।
श्रीलंकाको टिममा चरिथ आसालांका (कप्तान), कामिन्डु मेन्डिस (उप कप्तान), दुविन्दु तिलकरत्ने, सचिन्दु कोलोम्वेज र कविष्का अन्जुला, पथुम निसान्का, हसिता बोयागोडा, विश्व चनुरंग, अशीन बन्डारा, शम्मू अशान, निशान माधुष्का, जेहान डानियल, आसिता फर्नान्डो र कलाना परेरा छन् ।
नेपाली पुरुष टिममा ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, रोहित कुमार पौडेल, दिपेन्द्र सिंह ऐरी, करण केसी, सोमपाल कामी, बिनोद भण्डारी, अभिनास बोहरा, सन्दिप जोरा, आरिफ शेख, पवन सर्राफ, ललित नारायण राजवंशी, कुशल भुर्तेल, सुशन भारी र राशिद खान