‘हिट लिस्ट’मा परेका ‘मन्त्री सिध्याउने’ भन्दै विप्लव कार्यकर्ता सिंहदरबार छिरेपछि…
‘हिट लिस्ट’मा परेका ‘मन्त्री सिध्याउने’ भन्दै विप्लव कार्यकर्ता सिंहदरबार छिरेपछि…
१८ मङ्सिर २०७६ काठमाडौँ: नेपाल सरकारका केही मन्त्रीहरुमाथि विप्लव समूहबाट सुरक्षा खतरा रहेको सरकारी सुरक्षा संयन्त्रले जानकारी दिएको छ ।
नेपाल सरकारको सुरक्षा संयन्त्रले विप्लव नेतृत्वको नेकपाबाट प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष प्रचण्ड निकटका मन्त्रीहरुलाई लक्षित गरी आक्रमण गर्ने तयारी भएको भन्ने सुराक पाएको बताएका छन् ।
सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्तिबहादुर बस्नेत र प्रधानमन्त्रीका सल्लाहका विष्णु रिमाल टार्गेटमा परेको सूचना सरकारी संयन्त्रले पाएको जनाएको हो । यस विषयमा शंकास्पद दुई व्यक्तिलाई गिरफ्तार गरिएको जानकारी मिलेको छ ।
यता हमलाका योजनाकारहरु विप्लव समूहसँग आबद्ध भएको भनिए पनि अरु नै कुनै आपराधिक गिरोहले विप्लवको नाममा आफ्ना गतिविधि सञ्चाल गरेको हुनसक्ने पनि आशंका गरिएको छ ।
घटना र विचार साप्ताहिकबाट