क्रिकेटखेलकुद

साग महिला क्रिकेट: नेपाल माल्दिभ्स विरूद्द १० विकेटले विजयी

साग महिला क्रिकेट: नेपाल माल्दिभ्स विरूद्द १० विकेटले विजयी

१६ मङ्सिर २०७६: १३ औं साग अन्तर्गत महिला क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । आज भएको खेलमा माल्दिभ्सले दिएको १७ रनको लक्ष्य दिएको थियो । नेपालले ५ बलमा विना विकेटको क्षतिमा पुरा गर्यो । माल्दिभ्सका ९ जना खेलाडीले खाता नखोलिकन आउट भएका थिए। यो विश्व टि ट्वान्टी वोमनमा हालसम्मकै सर्वोउत्कृष्ट प्रर्दशन हो । यस अघि मलेसियाकी मास अलिसाले ४ ओभरमा १ मेडन सहित ३ रन खर्चेर ६ विकेट लिइकी थिइन् ।

१२ वर्षे पछि महिला टिम पहिलो पटक घरेलु मैदानमा अन्तराष्ट्रिय क्रिकेट खेलेको हो।महिला क्रिकेटको १२ वर्षे इतिहासमा महिला क्रिकेट टिमले यस अघि घरेलु मैदानमा अन्तराष्ट्रिय खेल खेल्ने अवसर पाएको थिएन् । सागमा डेब्यु र पहिलो पटक घरेलु मैदानमा खेल्न पाउँदा खेलाडी सबै उत्साहित छन् । नेपाल घरेलु भूमिमा पहिलो पदकको लक्ष्यमा रहेका छन् ।
नेपालले माल्दिभ्सपछि डिसेम्बर ४ मा बंगलादेश र डिसेम्बर ६ मा श्रीलंकासँग खेल्नेछ ।
शीर्ष दुई टोलीले स्वर्णका लागि प्रतिस्पर्धा गर्ने छन् ।

माल्दिभ्सको पूर्ण टोलीः
हफ्सा अब्दुल्ला, मारियाम जुना (कप्तान), मारियाम एसाल, आईशाथ आइमा, हमजा नियाज, सुम्या हमिद, फथिमाथ साजा, फथिमाथ किनानाथ, शाम्बा अली, हलिमाथ लैसा, अली सलिम, मारियाम लिन, फथिमाथ माहा र नाबा नसीम ।

नेपाली महिला पूर्णटोली:
रुबिना क्षेत्री बेलबासे(कप्तान), सीता रानामगर(उपकप्तान), इन्दु बर्मा, काजल श्रेष्ठ(विकेटकीपर), करुणा भण्डारी, अप्सरी बेगम, सोनु खड्का, सरस्वती चौधरी, ममता चौधरी, अन्जली चन्द, सरिता मगर, सुमन खतिवडा (शान्ती), रोमा थापा, डली भट्ट र कविता कुँवर ।

अब नेपालले डिसेम्बर ४ मा बंगलादेश र डिसेम्बर ६ मा श्रीलंकासँग खेल्नेछ । शीर्ष दुई टोलीले स्वर्णका लागि प्रतिस्पर्धा गर्ने छन् ।