राजनितीसमाचार

कास्की–२ मा विद्या भारी मतले अगाडी

कास्की–२ मा विद्या भारी मतले अगाडी

१५ मंसिर २०७६ पोखरा: प्रतिनिधि सभा सदस्यका लागि भएको कास्की-२ को मतगणनाको प्रारम्भिक गणनामा अग्रता लिएकी नेकपा उम्मेदवार विद्या भट्टराईले आफ्नो अग्रता फराकिलो गर्दै लगेकी छन् । उनि अहिले ५ हजार ९ सय ९० मतले आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार भन्दा दोब्बर मतले अगाडी छन ।

पोखरा महानगरपालिका अन्तर्गतको ३ वटा वडाको मतगणना सकिँदा भट्टराईले ११ हजार ८ सय ३६ मत प्राप्त गरेकी छिन भने कांग्रेस उम्मेदवार खेमराज पौडेलले ५ हजार ८ मत ४६ मतका साथ नेकपा उम्मेदवारलाई पछ्याइरहेका छन् । त्यसैगरी, राप्रपा (गाई)ले १८६ र समाजवादीले १७२ मत प्राप्त गरेको छन् ।

कास्की २ मा भएको उपनिर्वाचनमा ४५ हजार ५ सय ६३ मत खसेको छ । यो निर्वाचन क्षेत्रमा ७१ हजार ८ सय ७१ मतदाता थिए । पोखरा महानगरको ११ वटा वडा यो क्षेत्रमा पर्छ ।

यहाँ ११ वटा दलीय र १० जना स्वतन्त्र गरी २१ जना उम्मेदवार छन् ।

यो क्षेत्रमा नेकपाका तर्फबाट पुर्व पर्यटन मन्त्रि स्व. रबिन्द्र अधिकारीले जितेका थिए। बिद्या भट्टराई रबिन्द्र अधिकारीकि पत्नी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *