क्रिकेटखेलकुदसमाचार

पारस खड्काले बोक्नेछन् सागकाे उद्घाटनमा राष्ट्रिय झण्डा

पारस खड्काले बोक्नेछन् सागकाे उद्घाटनमा राष्ट्रिय झण्डा

१३ औ दक्षिण एशियाली खेलकुद सागको उद्घाटनमा पारस खड्काले राष्ट्रिय झण्डा बोक्ने भएका छन ।
नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारसलाई राष्ट्रिय खेलकुद् परिषद्ले मार्च पासमा नेपालको झण्डा बोक्नका लागि चयन गरेको छ ।

राष्ट्रिय क्रिकेट टिमको कप्तानको रुपमा पारसले नेपाललाई २०१४ को टि-२० विश्वकपसम्मको यात्रा तय गराएका थिए ।

पारसकै नेतृत्वमा नेपालले एकदिवसीय राष्ट्रको मान्यता पाएको थियो ।

सागमा क्रिकेट दोस्रो पटक समावेश गरिएको हो । पारसले मार्चपासमा नेपालको झण्डा पहिलो पटक बोक्न लागेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *