थप ३२ जनामा कोरोना संक्रमण, नेपालमा ५४८ संक्रमित
थप ३२ जनामा कोरोना संक्रमण, नेपालमा ५४८ संक्रमित
१० जेठ २०७७ काठमाडौं : थप ३२ जनामा कोरोना संक्रमण पुस्टि भएको छ। शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै नेपालमा कुल संक्रमित संख्या ५४८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार कपिलवस्तु, सर्लाही, रुपन्देही, काठमाडौंलगायतका जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् ।
सर्लाहीको गोडैता र कविलासी नगरपालिकामा १३ जना संक्रमित भेटिएका छन् । त्यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जना संक्रमित भेटिएका छन् ।
रुपन्देहीमा ८ जना, बारा, चितवन र काठमाडौं जिल्लामा पनि एक एक जना संक्रमित भेटिएका मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।